1. सौर्यमण्डलमा तलका मध्ये कुन ग्रहलाई Terrestrial Planet भनेर चिनिन्छ ?
A. बृहस्पति B. मंगल C. शनि D. अरुण
2. शेर्पा जातिको धर्मग्रन्थ कुन हो ?
A. फोग्यु B. मुन्धुम C. लेप्चा D. अर्थवेद
3. तलका जोडा विचार गर्नुहोस् ।
१. राज्यका नीतिहरु -धारा ५१
२. प्रतिनिधि सभा गठन – धारा १३३
३. सर्वोच्च अदालतको अधिकार क्षेत्र – धारा ८४
४. महालेखा परिक्षकको काम, कर्तव्य र अधिकार -धारा २४१
A. २,४ ठिक B. १,४ ठिक C. ३,४ ठिक D. सबै ठिक
4. विश्व संरक्षण संघको स्थापना कहिले भएको हो ?
A. सन् १९५९ B. सन् १९६० C. सन् १९४८ D. सन् १९६२
5. तलका भनाईहरु विचार गर्नुहोस् ।
१. सबैभन्दा होचो उपत्यका अरुण उपत्यका हो ।
२. गौशीशंकर हिमालको उचाई ७१३४ मिटर रहेको छ ।
३. अपि हिमालबाट उत्पति भएको नदी महाकाली हो ।
A. १,२ सहि B. ३,४ सहि C. २,३ सहि D. सबै सहि
6. White Rafting को लागि प्रसिद्ध नेपालको नदी कुन हो ?
A. राप्ती B. मस्र्याङदी C. गण्डकी D. महाकाली
7. जोडा मिलाउनुहोस् ।
वन पाईने भु-भाग
a. समशीतोष्ण पतझर 1. हिमाली खोच
b. समशीतोष्ण कोणधारी 2. मध्यभूमि
c. लेकाली वनस्पति 3. हिमालय पर्वत
d. टुन्ड्रा 4. पहाडी तथा हिमाली क्षेत्र
A) a2,b3,c1,d4 B) a3,b2,c1,d4
C) a2,b3,c4,d1 D) a1,b2,c3,d4
8. निम्न मध्ये कुन जोडा गलत छ ?
A. सिसा – फुलचोकी B. धान – झापा
C. राडी पाखा – पाल्पा D. जुनार – सिन्धुली
9. सात कुण्डको जिल्ला भनेर कुनलाई चिनिन्छ ?
A. रसुवा B. कास्की C. जनकपुर D. काठमाडौँ
10. निम्न मध्ये कुन भनाई गलत छ ?
A. पृथ्वीको सतहको एक तिहाई भाग मरुभूमिले ओगटेको छ ।
B. एशियाको सबैभन्दा ठुलो मरुभूमि गोवी मरुभूमि हो ।
C. इरानको कोह सुल्तान र म्यानमारको पोपा पर्वत सुसुप्त ज्वालामुखीका उदाहरण हुन ।
D. ‘Cotopaxi’ Volcano सँग सम्बन्धित रहेको छ ।
11. जोडा मिलाउनुहोस् ।
सागर गहिराई
a. भू – मध्य 1. २४००
b. बेरिङ् 2. १५००
c. मेक्सिको 3. १४००
d. क्यारेबियन 4. १४८५
A) a4,b3,c1,d2 B) a2,b3,c4,d1
C) a1,b2,c3,d4 D) a4,b3,c2,d1
12. दोस्रो विश्व युद्धमा जर्मनले कहिले आत्मसर्मपण ग¥यो ?
A. सन् १९४५ मे ७ B. सन् १९३५ मे ७
C. सन् १९४५ मे ८ D. सन् १९४५ मे ९
13. तलका भनाई विचार गर्नुहोस् ।
१. पृथ्वीनारायणले वीरनरसिंह मल्लसँग मित लगाएका थिए ।
२. सबैभन्दा लामो समय राजा हुने व्यक्ति श्री ५ त्रिभूवन हुन ।
३. द्धितीय विश्व युद्ध हुँदा नेपालमा प्रधानमन्त्री जुद्धशमशेर थिए ।
A. १,२ ठिक B. २,३ ठिक C. १,३ ठिक D. सबै ठिक
14. कार्यालय समय फागुन देखि कार्तिक सम्म १०-५ र मंसिर देखि माघसम्म १०-४ बनाउने को हुन ?
A. देवशमशेर B. भीमशमशेर C. पद्मशमशेर D. चन्द्रशमशेर
15. जोडा मिलाउनुहोस् ।
a. पेण्डुलम 1. जोन.जे.लाउड
b. क्यामेरा 2. जे.प्रिष्ट
c. अक्सिजन 3. ग्यालिलियो ग्यालिलि
d. डटपेन 4. थोमस अल्वा एडिसन
A) a3,b4,c1,d2 B) a3,b4,c2,d1 C) a4,b3,c2,d1 D) a2,b1,c4,d2
16. काठमाडौँमा सम्पन्न BIMSTEC को चौथो सम्मेलनले कतिवटा सहयोगका क्षेत्रहरु पहिचान गरेको थियो ?
A) 10 B) 13 C) 16 D) 20
17. नेपालको तर्फबाट Comprehensive Nuclear Ban Treaty मा कसले हस्ताक्षर गरेका थिए ?
a. वीरशमशेर B. चन्द्रशमशेर C. महेश आचार्य D. प्रकाश चन्द्र लोहनी
18. फलफुलहरुको अध्ययनसँग सम्बन्धि अध्ययन गर्ने विज्ञान कुन हो ?
A) Pomology B) Poultry C) Pedology D) Pedagogy
19. नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री वी.पी कोइरलाले UNO को महासभालाई कहिले सम्बोधन गरेका थिए ?
A. सन् १९५० B. सन् १९५५ C. सन् १९६० D. सन् १९७०
20. सार्कले कुन अन्तर्राष्ट्रिय संगठनसँग स्मृतिपत्रमा हस्ताक्षर गरी पहिलो सम्झौता गरेको थियो ?
A) UNDP B) IMF C) UNIDO D) UNCTAD
उत्तरहरुः
1. B 11. D
2. A 12. A
3. B 13. D
4. C 14. C
5. D 15. B
6. B 16. C
7. C 17. D
8. C 18. A
9. A 19. C
10. C 20. D
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100