लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-05-23
  • 12:49:02
  • शनिबार,जेठ ०९, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. ३३ औ गृष्मकालीन ओलम्पिक प्रतियोगिता पेरिस ओलम्पिकु २०२४ मा सबैभन्दा बढी पदक कुन राष्ट्रले जितेको हो ?
    A. अमेरिका                   B. चीन                C. जापान                         D. अष्ट्रेलिया

    2. नेपाल राष्ट्र बैंकका पूर्व डेपूटी गभर्नर गोपाल काफ्लेको निधन कहिले भयो ?
    A. वि.सं. २०८१ श्रावण १०                  B. वि.सं. २०८१ श्रावण २१
    C. वि.सं. २०८१ जेठ १०                     D . वि.सं. २०८१ बैशाख १०

    3. आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार प्रति व्यक्ति कुल गार्हस्थ उत्पादन कति अमेरिकी डलर रहेको छ ?
    A. १४५६                        B. १४३४                       C. १८३४                    D. १५३४

    4. युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत नेपालको पहिलो सम्पदा कुन हो ?
    A. तिलौराकोट                            B. लुम्बिनी, भगवान गौतम बुद्धको जन्मस्थल
    C. चितवन राष्ट्रिय निकुञ्ज             D. सगरमाथा राष्ट्रिय निकुञ्ज

    5. राष्ट्रिय जनगणना २०७८ अनुसार जनसंख्या वृद्धिदर ऋणात्मक भएका जिल्लाहरुको बढ्दो क्रममा मिलाउनुहोस् ।
    A. रामेछाप, खोटाङ, मनाङ र भोजपुर                 B. खोटाङ, भोजपुर, मनाङ र रामेछाप
    C. मनाङ, खोटाङ, भोजपुर र रामेछाप                 D. भोजपुर, खोटाङ, मनाङ र रामेछाप

    6. हरित गृहको प्रभावबारे वैज्ञानिक तरिकाले परिक्षण गर्ने पहिलो व्यक्ति को थिए ?
    A) John Tyndall             B) James Hansen          C) Eunice Newton Foote            D) A.G Tensely

    7. सरकारले विद्युतीय राहदानी (ई-पासपोर्ट) कहिले देखि प्रयोगमा ल्याउन थालेको हो ?
    A. वि.सं. २०७८ बैशाख १              B. वि.सं. २०७८ माघ १
    C. वि.सं. २०७८ फागुन १              D. वि.सं. २०७८ मंसिर १

    8. शनिबार विदा दिने चलन कुन राणा प्रधानमन्त्रीको पालामा भएको हो ?
    A. देवशमशेर            B.चन्द्रशमशेर                    C. वीरशमशेर                   D. भीमशमशेर

    9. गौरीशंकर हिमाल कुन हिमश्रंखला पर्दछ ?
    A. अन्नपूर्ण                 B. महालंगुर                       C. रोल्वालिङ                      D. कञ्चनजंघा

    10. देहायका विषयमा अध्ययन गर्ने विज्ञान सम्बन्धी भनाई कुन ठीक छ ?
    A) वाली विज्ञान अध्ययन गर्ने विज्ञान – Agronomy
    B) वनस्पतिबारे अध्ययन गर्ने जीव विज्ञानको शाखा – Botany
    C) ब्रम्हाण्डको उत्पत्तिको बारेमा अध्ययन गर्ने विज्ञान – Cosmology
    D) उल्लिखित सबै ठीक छन् ।

    11. छेकम्बरु नाका कुन जिल्लामा रहेको छ ?
    (A सिन्धुपाल्चोक              (B) रसुवा                   (C) गोरखा                 (D) कास्की

    12. सिलिका, पोटासियम कार्वोनेट र क्याल्सियम कार्वोनेट मिसाई तताएर बनाएको काँचलाई कुन काँच भनिन्छ ?      
    (A) क्वार्ज काँच             (B) कडा काँच                       (C) साधारण काँच             (D) पाइरेक्स काँच

    13. युरोपियन युनियन तलका मध्ये कुन जोडा मिल्दैन छान्नुहोस् ।
    (A) प्रधान कार्यालय – वेल्जियम ब्रसेल्स            (B) केन्द्रीय बैंक – जर्मनी
    (C) न्यायलय – नेदरल्याण्ड                               (D) कोर्ट अफ दि अडिट – लक्जम्वर्ग

    14. निम्नलिखित कथनहरुमा कुन सहि छैन ? छुट्याउनुहोस् ।
    (A) ‘हनुमान ढोका दरबार’ प्रताप मल्लले बनाएका हुन् ।
    (B) भण्डारखाल पर्व जयवागेश्वरीमा भएको थियो ।
    (C) पृथ्वी नारायण शाहको अन्तेष्टि देवघाटमा गरिएको थियो ।
    (D)नेपालको इतिहासमा ‘वुलेट महाराज’ भनेर चन्द्र शमसेर लाई चिनिन्छ ।

    15. अन्तर्राष्ट्रिय शरणार्थी दिवस कहिले मनाईन्छ ?
    A. जुन २०                      B. जुन १५                    C. जुन १                     D. जुन १०

    16. प्रबुद्ध व्यक्ति समूह (EPG) बारे कुन भनाई गलत छ ?
    A. भ्एन् मा नेपालको तर्फबाट सात जना सदस्य थिए ।
    B. यसले दुई देश वीचको पुराना सन्धी पुनरावलोकन गर्ने उद्देश्यले गठन गरिएको हो ।
    C. नेपालको तर्फबाट संयोजक भेषबहादुर थापा हुन ।
    D. यो समूह नेपाल र भारतका व्यक्तिहरुसँग सम्बन्धित छ ।

    17. विश्वको सर्वाधिक उचाईमा रहेको राजधानी शहर कुन हो ?
    A. लापाज, बोलिभिया               B. बेईजिङ, चिन                        C. तम्पारे, फिनल्याण्ड         D. स्टकहोम, स्वीडेन

    18.FIBA U -19 पुरुष बास्केटबल विश्वकप 2023 को उपाधि कुन देशले जित्यो ?
    A. ईरान            B. सर्बिया               C. जर्मनी             D. स्पेन

    19.Blue Planet prize 2024 कुन देशलाई प्रदान गरिएको हो ?
    A. भारत                  B. फ्रान्स            C. दक्षिण अफ्रिका            D. इटाली

    20. विश्व आतकांवाद सुचकांक 2024 मा नेपालको स्थान कतिमा रहेको छ ?
    A) 45 औ               B) 50 औ            C) 30 औ                   D) 60 औ

    उत्तरहरुः

    1. A 11. C
    2. B 12. B
    3. B 13. C
    4. D 14. C
    5. A 15. A
    6. A 16. A
    7. D 17. A
    8. D 18. D
    9. C 19. D
    10. D 20. A

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100