लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-05-23
  • 11:37:15
  • शनिबार,जेठ ०९, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. नेपालमा सिडिएमए (CDMA) सेवाको सुरुवात कहिलेबाट भएको हो ?
    A. वि.सं. २०६२           B. वि.सं. २०५५            C.  वि.सं. २०६५               D.  वि.सं. २०७०
    2. राहदानी विभागका अनुसार कहिले सम्ममा सबैको हातमा ई-पासपोर्ट पु¥याउने अनुमान गरेको छ ? 
    A. सन् २०२८              B.  सन् २०२५              C. सन् २०३०                 D. सन् २०३१
    3.Lunar Landing demonstrator (SLIM) यान चन्द्रमामा कहिले अवतरण ग¥यो ? 
    A.  सन् २०२४ जनवरी २०,          B. सन् २०२४ मार्च २०,
    C. सन् २०२४ फेब्रुअरी २०,         D.  सन् २०२४ मे २०,
    4. १६ औ पञ्चवर्षीय योजनाको अन्त्यसम्ममा प्रतिव्यक्ति विद्युत उपभोग कति किलोवाट घण्टा पु¥याउने लक्ष्य लिइएको छ ? 
    A. 600  किलोवाट         B. 700  किलोवाट              C. 750  किलोवाट          D. 900  किलोवाट
    5. म्याग्नाकार्टा सम्बन्धी तलको कुन भनाई ठीक छ ?
    A. बेलायती अधिकार पत्र
    B.  राजा जोनले सन् १२१५ मा जनतालाई सुम्पेको राजनीतिक तथा नागरिक अधिकार पत्र
    C.  बेलायतको नैसर्गिक अधिकार
    D.  बेलायती नागरिक मानव अधिकार घोषणा पत्र
    6. तल दिइएका कथनका सम्बन्धमा कुन ठीक हो कुन बेठिक हो छुट्याउनुहोस् ।
    १. राष्ट्रपति र उपराष्ट्रपति विरुद्ध धारा १०१ बमोजिम कारबाही अगाडी बढ्न सक्छ ।
    २. राष्ट्रपति र उपराष्ट्रपतिले धारा ७१ बमोजिम प्रधानमन्त्री समक्ष पद तथा गोपनियताको सफत लिनु पर्दछ ।
    ३. नेपालको संविधान अनुसार दुबै सदनबाट विधेयक पारित भए पश्चाप स्वतः ऐनमा परिणत हुन्छ ।
    A.  १ बेठिक २ ठिक ३ बेठिक           B. १ ठिक २ बेठिक ३ बेठिक
    C. १ ठीक २ ठीक ३ बेठिक              D. सबै ठिक
    7. नेपाललाई कहिले १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएको हो ?
    A.  वि.सं. २०१५ बैशाख १            B.  वि.सं. २०१६ बैशाख १
    C.  वि.सं. २०१७ बैशाख १            D.  वि.सं. २०१८ बैशाख १
    8. नेपालमा सबैभन्दा बढी वडाहरु रहेको जिल्ला कुन हो ?
    A.  काठमाडौँ              B.  बारा                 C.  धनुषा                  D.  सर्लाही
    9. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
    a. एशिया                              1. किलिमञ्जरो
    b.  अफ्रिका                          2.  सियाचेन 
    c.  उत्तर अमेरिका                3.  लाम्बार्ट
    d.  अन्टार्कटिका                  4.  ह्वार्ड हिमनदी
    A)a4,b1,c2,d3 B) a1,b2,c3,d4 C) a2,b1,c4,d3 D) a3,b4,c2,d1
    10. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
    a.  तेल 1.  आन्द्र
    b.  वाणिज्य 2. हिन्द
    c. दक्षिण ध्रुवीय 3.  सुमेरु
    d. उत्तर धु्रवीय 4. कुमेरु
    A)a4,b1,c2,d3               B) a1,b2,c3,d4            C) a2,b1,c4,d3                 D)a3,b4,c2,d1
    11. २०६३ जेठ ४ गते प्रतिनिधि सभाको एतिहासिक घोषणामा निम्न मध्ये कुन कुरा थिएन ?
    a.  नेपाल राज्यको सम्पुर्ण कार्यकारी अधिकार मन्त्रिपरिषदमा निहित हुने
    B. प्रतिनिधिसभामा सदस्य नरहेका व्यक्ति पनि मन्त्रिपरिषद्मा मनोनित हुन सक्ने
    C.  नेपाली सेनाको परामधिपति श्री ५ रहने
    D. नेपाली सेनाका प्रधान सेनापतिको नियुक्ति मन्त्रीपरिषद्ले गर्ने
    12. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    १.अर्थशास्त्र तर्फको नोबेल पुरस्कार २०२३, अमेरेकी आर्थिक इतिहासकार तथा श्रम अर्थशास्त्री क्लाउडिया गोल्डिनलाई प्रदान गरिएको हो ।
    २.अर्थशास्त्र तर्फको नोबेल पुरस्कार २०२२ का विजेता बेन बर्नान्के, अमेरिका, डगलस डायमण्ड, अमेरिका, रोबर्ट बी विल्सन ९ग्क्ब्० का हुन ।
    ३. शान्ति तर्फको नोबेल पुरस्कार २०२३, का विजेता नर्गिस मोहम्मदी, ईरान हुन   
    A. १ र ३ मात्र सहि              B.  २ र १ मात्र सहि              C.  दुवै गलत                    D.  दुवै सहि
    13. विश्व आविष्कारक सूचकांक नेपालको अवस्थाबारे जोडा मिलान गरी सहि विकल्प छनौट गर्नुहोस् । 
    a. Innovation Output  2023                           1. १०६ औ
    b. Global Innovation Index  2023               2.  १११ औ
    c. Global Innovation Index  2022                3.  १०८ औ
    d. Innovation Input 2023                               4.  १०३ औ 
    A) a3,b4,c2,d1              B) a4,b3,c2,d1            C) a3,b4,c1,d2               D)  a1,b2,c3,d4
    14. निम्न लिखित मध्ये कुन सहि हो । हुन छुट्याउनुहोस् । 
    १. संविधानको धारा ८५ को उपधारा १ अनुसार प्रतिनिधिसभा सदस्यको कार्यकाल ५ वर्षको हुन्छ ।
    २. वि.सं. २०७९ पौष ७ मा प्रतिनिधिसभाका सदस्यको सपथग्रहण कार्य सम्पन्न भएको हो । 
    ३. प्रतिनिसभा सपथ ग्रहण कार्यका २७१ जना सदस्य मात्र उपस्थित रहेका थिए ।
    ४. प्रतिनिधि सभाको जेष्ठ सदस्यलाई राष्ट्रपतिले र अन्य सदस्यलाई जेष्ठ सदस्यले सपथ ग्रहण गराउने व्यवस्था रहेको छ ।
    A.  १ , २ र ४ मात्र सहि                      B. १ र ३ गलत २ र ४ सहि
    C.  ३ गलत अरु सबै सहि                  D. सबै सहि
    15. नेपालका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) चार दिने भ्रमणका लागि कहिले प्रस्थान गर्नुभएको हो ?
    A.  वि.सं. २०८० जेठ १५                 B. वि.सं. २०८० जेठ १६
    C.  वि.सं. २०८० जेठ १७                 D.  वि.सं. २०८० जेठ १८
    16. भुमध्ये रेखामा नपर्ने देश तलका मध्ये कुन हो ?
    A. घाना              B.  टोगो                 C. कंगो                   D.  केन्या
    17. जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ।
    क्षेत्र                               प्रतिशत
    a.  भित्री मधेश            1. ४.४ प्रतिशत 
    b.  भावर मधेश           2.  ८.५ प्रतिशत
    c.  चुरे पर्वत                3.  २९.५ प्रतिशत
    d. मध्यभुमि                4.  १२.७ प्रतिशत
                                      5.  १२.५ प्रतिशत
    A) a2,b1,c4,d3             B) a2,b3,c1,d5                C) a5,b1,c4,d2                  D)+ a3,b1,c2,d4
    18. विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन, २०७४ मा व्यवस्था भएको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् कसको अध्यक्षतामा गठन हुने व्यवस्था छ ?
    A. प्रधानमन्त्री                                     B.  राष्ट्रपति
    C.  विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख           D. गृह सचिव
    19. वातावरण क्षेत्रको सबैभन्दा ठुलो पुरस्कार तलका मध्ये कुन हो ?
    A) Global 500                                         B) Blue Planet Award
    C) Gold Man Environment Prize       D) Glante Conservation
    20. संविधान बमोजिम राज्यशक्तिको प्रयोग विभिन्न तहले कसरी सञ्चालन गर्ने व्यवस्था छ ? 
    A. कानून बमोजिम                               B.  संविधान बमोजिम
    C.  संविधान तथा कानून बमोजिम         D. संघीय सरकारले तोके बमोजिम
    उत्तरहरुः
    1. A       11. C
    2. C      12. A
    3. A      13. B
    4. B      14. D
    5. C      15. C
    6. B     16. B
    7. D     17. A
    8. D     18. A
    9. C     19. B
    10. C    20. C

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100