1. तलका मध्ये UN का Inner Six अन्तर्गत पर्ने राष्ट्र कुन होईन ?
A. बेल्जियम B. नेदरल्याण्ड C. इटाली D. पोर्चुगल
2. कुन जोडा गलत छ ?
A. जैविक प्रविधि -कार्ल एरेली
B. चिपको आन्दोलन – मेघा पाटेकर
C. दिगो विकास -बार्बरा वार्ड
D. ओजन तह पातलिदै – शेरउड रोल्याण्ड
3. विश्व सम्पदा दिवस कहिले मनाईन्छ ?
A. अप्रिल १८ B. अप्रिल ७ C. अप्रिल २२ D. अप्रिल १
4. भोटमा मुल भएका नेपालका नदीहरुको क्रम मिलाउँनुहोस् ।
A. सुनकोशी, तामाकोशी, तमोर, अरुण, कर्णाली र त्रिशुली
B. सुनकोशी, तामाकोशी, राप्ती, अरुण, कर्णाली र त्रिशुली
C. सुनकोशी, तामाकोशी, तमोर, ठुलो भेरी, कर्णाली र त्रिशुली
D. सुनकोशी, तामाकोशी, अरुण, तमोर, कर्णाली र बुढीगंगा
5. सन् २०२४ को ग्रिष्मकालीन ओलम्पिक खेलकुद कुन देशमा आयोजना हुने भएको छ ?
A. जर्मनी B. नेदरल्याण्ड C. फ्रान्स D. बेलायत
6. भौतिक विज्ञान सम्बन्धि युरोपेली अनुसन्धान केन्द्र EERN कहाँ रहेको छ ?
A. जेनेभा स्वीट्जरल्याण्ड B. ब्राजिल C. पेरिस, फ्रान्स D. मन्ट्रियल, क्यानडा
7.मैले छिचोलेको कुईनेटा नामक कृतिका लेखक को हुन ?
A. कृष्ण कुमार पाण्डे B. डा. मुकेशकुमार चालिसे
C. डा. सन्दुक रुईत D. विवेक ओझा
8. बराबर क्षेत्रफल भएका गाउँपालिकाहरु कुन कुन हुन ?
A. ओखलढुङ्गा चम्पादेवी र लालीगुराँस गाउँपालिका B. चिशंखुगढी र नार्पाभूमि गाउँपालिका
C. ओखलढुङ्गा चम्पादेवी र चामे गाउँपालिका D. ओखलढुङ्गा चम्पादेवी र चिशंखुगढी गाउँपालिका
9. पशुपतिको आर्यघाट, बागमति किनारमा लवकुश सहित राम मन्दिर कसले निर्माण गरेका हुन ?
A. यक्ष मल्ल B. प्रताप मल्ल C. जयस्थित मल्ल D. अभय मल्ल
10. तलका भनाई विचार गर्नुहोस् ।
१. शब्दविद्या ग्रन्थका लेखक अंशुवर्मा हुन ।
२. नेपाल र अंग्रेज वीच युद्ध वि.सं. १८७१ देखि १८७२ सम्म भएको हो ।
३. लिच्छवीकालमा जागिर तथा तलब दिने सरकारी अड्डालाई वृत्ति अधिकरण भनिन्थ्यो ।
४. कौशल अड्डाको स्थापना जंगबहादुर राणाले गरेका हुन ।
A. १ र २ मात्र ठिक B. ३ बेठिक C. १ र ४ ठिक D. सबै ठिक
11. जैविक विविधता दिवस, २०२३ को नारा निम्न मध्ये कुन हो ?
A) Building a shared future for all life
B) We’re part of the solution
C) From Agreement to Action: Build Back Biodiversity
D) Save Biodiversity
12.World Economic Forum Energy Transition Index 2023 मा नेपाल कति औ स्थानमा पर्दछ ?
A) 110th B) 97 th C) 100th D) 116th
13. तलका मध्ये गलत जोडा पहिचान गर्नुहोस् ।
वैज्ञानिक खोज
A. माईकल फराडे – Electromagnetic Induction
B. जे.मी म्याक्सवेल – Black Hole and Baby Universe
C. पलाङ्क म्याक्सवेल – Quantum Theory
D. अल्वर्ट आईन्सटाईन – Quantum Theory of light
14. तलका भनाई विचार गर्नुहोस् ।
१. भिटामिन K को कमि हँदा प्लेटेलेट्सलाई प्रभाव पार्छ ।
२. डिप स्टिक टेष्टु मृगौला अंगमा लाग्ने रोग सँग सम्बन्धित छ ।
३. DOTS उपचार विधि क्षयरोग सँग सम्बन्धित छ ।
A. १ र २ ठिक B. १ र ३ ठिक C. २ र ३ मात्र ठिक D. १, २ र ३ सबै ठिक
15. तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
नाँच प्रचलित
A. धान -लिम्बु जातिमा प्रचलित
B. सिङ्गारु – नेपालको मध्यपश्चिम क्षेत्रमा प्रचलित
C. मुन्धुम – किरात जातिमा
D. चर्या – गन्धर्व जाति
16. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
A. सिद्धकाली 1. चितवन
b. पाण्डवनगर 2. रुपेन्दही
c. उग्रतारा मन्दिर 3. डेडलधुरा
d. जीतगढी 4. संखुवासभा
A) a4,b3,c1,d2 B) a4,b1,c3,d2 C) a4,b2,c3,d1 D) a1,b2,c3,d4
17. गुठी व्यवस्थापन कुन तह सरकारको अधिकार क्षेत्र अन्तर्गत पर्दछ ?
A. संघ B. संघ र प्रदेश C. संघ, प्रदेश र स्थानीय तह D. प्रदेश
18. जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस् ।
a. अफ्रिका 1. संसारको छानो
b. नाईल 2. मिश्रको सभ्यता
c. एशिया 3. भिक्टोरिया ताल
d. पामिर 4. माउण्ट कोबो
A) a4,b3,c2,d1 B) a3,b2,c1,d4 C) a3,b2,c4,d1 D) a4,b3,c1,d2
19. पृथ्वीलाई दुई भागमा विभाजन गर्ने गरि पृथ्वीको मध्यभागबाट पूर्व पश्चिम दिशामा खिचिएको काल्पनिक रेखालाई के भनिन्छ ?
A. प्रधानमध्यान्ह रेखा B. भूमध्ये रेखा C. अक्षांश रेखा D. देशान्तर रेखा
20. पृथ्वीको सबै ठाउँमा दिन र रात बराबर हुने दिन कुन हो ?
A. २१ जुन B. २२ सेप्टेम्बर C. २२ डिसेम्बर D. २३ मार्च
उत्तरहरुः
1. D 11. C
2. B 12. B
3. A 13. B
4. A 14. D
5. C 15. D
6. A 16. B
7. B 17. D
8. D 18. C
9. C 19. B
10. D 20. D
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100