1.Geiger counter देहायका मध्ये कुन सँग सम्बन्धित छ ?
A. सुर्यको उष्णता नाप्ने यन्त्र B. पानीको वेग नाप्ने यन्त्र
C. हावाको वेग नाप्ने यन्त्र D. परमाणुको विकिकरण नाप्ने यन्त्र
2. तलका राष्ट्रिय निकुञ्जको अवस्थितिका आधारमा पुर्वबाट पश्चिम क्रम मिलाउनुहोस् ।
A. मकालु, बरुण, लामटाङ, सगरमाथा र रारा B. मकालु, बरुण, सगरमाथा, लामटाङ र रारा
C. मकालु, बरुण, लामटाङ, रारा र सगरमाथा D. रारा, सगरमाथा, मकालु, बरुण र लामटाङ
3. तलका मध्ये संयुक्त राष्ट्र संघको प्रमुख अंग कुन होईन ?
A)International Labor Organization B) Security Council
C) International Court of justice D) General Assembly
4. Group of seven Countries (G-7) को सम्बन्धमा कुन कथन ठीक हो ?
A. विकासन्मुख देशहरुको समुह
B. औद्योगिक देशहरुको समुह
C. आणविक बम निर्माण गर्ने टेक्नोलोजी भएका देशहरु
D. भ्रष्टचार कम हुने देशहरुको संख्या
5. एक दिन मात्र सञ्चालन भएको सार्क शिखर सम्मेलन कुन हो ?
A. तेस्रो B. एघारौ C. छैटो D. अठारौ
6. वि.सं. २०८० कात्र्तिक २० देखि २८ सम्म चीनको राजधानी बेईजिङमा भएको २७ औ अन्तर्राष्ट्रिय खगोल ओम्पियाडमा नेपालले कुन पदक प्राप्त ग¥यो ?
A. फ्लाविया महर्जन B. कास्य पदक C. रजत पदक D. कास्य रजत
7. प्रथम विश्व युद्धको क्रममा जर्मनी सँग शान्ति सम्झौता (Peace Treaty 1917) गर्ने मुलुक देहायका मध्ये कुन हो ?
A. बेलायत B. अमेरिका C. अष्ट्रिया D. रुस
8. प्रशासन आवश्यकता अनुसार परिवर्तन एंव सुधार गर्न गठित एउटा छुट्टै स्थायी निकाय O and M सर्वप्रथम कुन मन्त्रालय अन्र्तगत राखिएको थियो ?
A. परराष्ट्र मन्त्रालय B. अर्थमन्त्रालय C. गृह मन्त्रालय D. रक्षा मन्त्रालय
9. स्थानीय तह अन्र्तगत गाउँपालिका, नगरपालिका र जिल्ला सभा रहने छन भनेर नेपालको संविधानको कुन धारामा उल्लेख गरिएको छ ?
A. धारा ५० B. धारा ५५ C. धारा ५६ D. धारा ५१
10. तलका भनाई विचार गर्नुहोस् ।
१. फिफा विश्वकप २०२६ को लोगो सन् २०२३ मे 17 मा सार्वजनिक भएको हो ।
२. ६४ औ साक्षर घोषणा भएको जिल्ला कपिलवस्तु हो ।
A. १ मात्र ठिक B. दुबै ठिक C. २ मात्र ठिक D. दुबै बेठिक
11. मौरी बाजा कुन जातिको परम्परागत बाजा हो ?
A. कुमाल B. सतार C.कुसुण्डा D.छन्त्याल
12. वातावरण संरक्षण परिषद्को स्थापना भएको हो ?
A. वि.सं. २०४९ B. वि.सं. २०५० C. वि.सं. २०५१ D. वि.सं. २०५३
13. नेपालमा जैविक विविधता महासन्धी कहिले देखि लागु भएको हो ?
A. वि.सं. २०४८ फागुन ९ B. वि.सं. २०४९ फागुन ९ C. वि.सं. २०५० फागुन ९ D. वि.सं. २०५१ फागुन ९
14. हैजा कुन किटाणुको कारणले लाग्दछ ?
A) Lyssa virus B) Variola virus C) Vibrio cholera D) Shigella
15. अदुवाका लागि प्रसिद्ध जिल्ला सल्यान हो भने,सानो दुधालु गाईका लागी प्रसिद्ध जिल्ला कुन हो ?
A. इलाम B. ओखलढुगां C. बर्दिया D. बाग्लुङ
16. पिरामिड हिमाल कुन हिमशृंखला भित्र पर्दछ ?
A. कञ्जनजंघा B. ल्होत्से C. धौलागिरी D. गणेश हिमाल
17. तलका कथनहरुबारे विचार गरी उपयुक्त विकल्प छनौट गर्नुहोस् ।
१. सबैभन्दा सानो मुद्रा निष्काशन गर्ने राजा जगतप्रकाश मल्ल हुन ।
२. आफ्नो नामको अगाडि सुमति लेख्ने राजा जितामित्र मल्ल हुन ।
३. प्लेग रोगका कारण मुत्यु हुने राजा भाष्कर मल्ल हुन ।
A. १ र २ मात्र ठिक B. २ र ३ मात्र ठिक C. २ मात्र ठिक D. सबै ठिक
18. राणा शासनको अन्त्य गरी प्रजातान्त्रिक शासन व्यवस्थाको स्थापना गर्ने उद्देश्यले वि.सं. १९८८ मा स्थापित प्रचण्ड गोरखा नामक संस्थामा को को संलग्न थिए ?
A. उमेश विक्रम शाह, खडगमान सिंह, रंगनाथ शर्मा, मैना बहादुर
B. उमेश विक्रम शाह, लक्ष्मीप्रसाद देवकोटा, मैना बहादुर
C. मैना बहादुर, पारसमणि प्रधान, उज्जवल खवास
D. तुल्सी मेहर, टंक प्रसाद आचार्य, लक्ष्मी प्रसाद देवकोटा
19. सरकारले कृषिमा लगानी दशकका रुपमा घोषणा गरेको अवधि देहायका मध्ये कुन हो ?
A. वि.सं. २०८१ ( २०९१ B. वि.सं. २०८१ ( २०९२
C. वि.सं. २०८० ( २०९० D. वि.सं. २०७९ देखि २०८९
20. अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ ब्रेक थ्रु कहिले गरिएको हो ?
A. २०८१ जेठ १० B. २०८१ बैशाख १० C. २०८१ बैशाख २२ D. २०८१ जेठ २२
उत्तरहरुः
1. D 11. D
2. B 12. A
3. A 13. C
4. B 14. C
5. C 15. C
6. B 16. A
7. C 17. B
8. B 18. A
9. C 19. A
10. B 20. D
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100