1. दिइएका मध्ये कुन फुच्चे ग्रह अन्र्तगत पर्दैन ?
A, Eris B) Haumea C) Ceres D) Polaris
2. प्रधानमध्यान्ह रेखा देखि १८० डिग्री देशान्तरको कोणिक दुरीमा उत्तर र दक्षिण धु्रवलाई जोड्ने गरी काल्पनिक रुपमा खिचिएको रेखालाई के भनिन्छ ?
A. भूमध्ये रेखा B. कर्कट रेखा C. अन्तर्राष्ट्रिय तिथिरेखा D. प्रधानमध्यन्ह रेखा
3. नेपालको प्रमाणित समयसँग अमेरिका र क्यानडाको प्रमाणित समयको फरक कति छ ?
A. १० घण्टा ढिलो (–) B. १० घण्टा चाडो (+)
C. १० घण्टा ४५ मिनेट ढिलो (–) D. १० घण्टा ४५ मिनेट चाँडो (+)
4. पदमा हुदै हत्या भएका नेपालका प्रधानमन्त्रीमा तलका मध्ये कुन पर्दैन ?
A. माथवर सिंह B. फत्तेजंग शाह C. रणेदीप सिंह D. बी.पी कोईरला
5.छिन्नमस्ता भगवतीको मन्दिर सप्तरी जिल्लामा पर्दछ,भने गढिमाईको मन्दिर कुन जिल्लामा पर्दछ ?
A. सुनसरी B. बारा C. पर्सा D. संखुवासभा
6.’Multi Drug Therapy’ तल दिइएका मध्ये कुन रोग सँग सम्बन्धित छ ?
A. कुष्ठ रोग B. मधुमेह रोग C. अर्बुद रोग D. क्षयरोग उपचार
7. टेलिभिजनका आविष्कार को हुन ?
A. अलेक्जेण्डर ग्राहम बेल B. जे.यल. वेयर्ड C. थोमस एल्भा एडिसन D. सेमुयल कोल्ट
8. बिमस्टेकको प्राथमिकता तोकिएका क्षेत्र कति छन ?
A. १५ वटा B. १७ वटा C. १६ वटा D. १८ वटा
9. मोबाईल इकोनोमी रिपोर्ट २०२३ का अनुसार मोबाईल प्रविधिले विश्वको GDP मा कति प्रतिशत योगदान दिइएको छ ?
A. ४ प्रतिशत B. ५ प्रतिशत C. ६ प्रतिशत D. ७ प्रतिशत
10. सुर्य केन्द्रित सिद्धान्त (Heliocentric Therapy) का प्रतिपादक को हुन ?
A. चाल्र्स डार्विन B. ग्रेगर मेण्डल C. जुल D. निकोलस कोपर्निकस
11.’land of First Fir’ भनेर कुन टापुलाई चिनिन्छ ?
A. ग्रीनल्याण्ड B. आईसल्याण्ड C. मडागास्कर D. न्यु फाउण्डल्याण्ड
12. नेपालमा विशेष आर्थिक क्षेत्र विकास समिति गठन आदेश कहिले जारी गरिएको थियो ?
A. वि.स २०६९ B. वि.स २०६८ C. वि.स २०५८ D. वि.स २०७०
13. नेपाल पर्यटन बोर्डको स्थापना कहिले भएको हो ?
A. वि.स २०५५ माघ १६ B. वि.स २०५५ फागुन १६
C. वि.स २०५५ पौष १६ D. वि.स २०५५ चैत्र १६
14. इन्डियन फर्टिलिटी सोसाइटीले प्रदान गर्ने आइएफएस योङ एचिभर्स अवार्ड–२०२३ बाट सम्मानित हुने नेपाली चिकित्साकर्मी को हुनुहुन्छ ?
A. मिता सिंह B. गिता शाख्य C. अस्मिता पाण्डे D. प्रमिला प्रधान
15. काठमाडौँको मञ्जुश्री पार्कमा ‘क्यानोपी जिपलाइन’ कहिलेदेखि सञ्चालनमा आएको हो ?
A. विसं २०८० मङ्सिर २० B. विसं २०८० मङ्सिर २५
C. विसं २०८० मङ्सिर २९ D. विसं २०८० मङ्सिर ३०
16. फोटो ईलेक्ट्रिसिटि सिद्धान्तका प्रतिपादक कसले गरेका हुन ?
A. आईस्टाईन B. आर्किमिडिज C. रुदर फोर्ड D. अटोहान
17. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. टाइम एथलेट अफ द इयर–२०२३ घोषित खेलाडी लियोनेल मेसी हुन ।
२. ग्रान्ड ग्लोबल एम्बेसडर इन्टरनेसनल–२०२३ अवार्ड जित्न सफल नेपाली आरुष भट्टराई हुन ।
A. १ मात्र सहि B. २ मात्र सहि C. दुवै गलत D. दुवै सहि
18. सन् २०२३ डिसेम्बरमा सम्पन्न एसिसी यू–१९ एसिया कपको उपाधि कसले जित्यो ?
A. बङ्गलादेश B. पाकिस्तान C. भुटान D. माल्दिभ्स
19. सुपरनोभा (Supernova) लाई को रुपमा पनि चिनिन्छ ।
A. धूमकेतु B. एस्टोरोइड C. व्ल्याक होल D. डाइड स्टार
20. तलका मध्ये संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्र कुन होइन ?
A. अमेरिका B. चीन C. भारत D. फ्रान्स
उत्तरहरुः
1. D 11. B
2. C 12. A
3. C 13. C
4. D 14. C
5. B 15. D
6. A 16. A
7. B 17. D
8. C 18. A
9. B 19. A
10. D 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100