1. जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. Fortification 1. मानिसको मुटुको फैलिने र खुम्चिने क्रियामा प्रयोग गरिने कृत्रिम यन्त्र हो
b. Stapleford 2 . Antibiotics
c. Sextant 3. खानेकुरामा शरिरलाई आवश्यक तत्वहरु मिसाईनु
d. Pace maker 4. दुई वस्तु वीचको कोणीय दुरी
A) a3,b2,c4,d1 B) a3,b4,c1,d2 C) a4,b2,c1,d3 D) a1,b2,c3,d4
2. जैविक विविधता सम्बन्धि सन्धी कुन सम्मेलनमा प्रस्तुत गरिएको थियो ?
A. वातावरण सम्बन्धि सम्मेलन B. ओजोन तह सम्बन्धि सम्मेलन
C. रियो सम्मेलन D. कोपन हेगन सम्मेलन
3. जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
1. उष्ण प्रदेशिय सदावहार a.डाँफे
2. समशीतोष्ण कोणधारी b.पाटेबाघ, भालु
3. लेकाली c . हिउँ चितुवा
4. टुण्ड्रा d.लेउ
A) 1b,2a,3c,4d B) 1c,2a,3b,4d C) 1d,2a,3b,4c D) 1a,2b,3d,4c
4. मंगल ग्रहमा प्रवेश गर्ने राष्ट्रहरु तलका मध्ये कुन होईन ?
A. अमेरिका B. रसिया C. इटाली D. चीन
5. तल दिइएका जोडा मध्य कुन गलत छ ?
A) Fathometer – महासागर सम्बन्धी अध्ययन गर्ने शास्त्र
B) Oceanography – महासागर सम्बन्धी अध्ययन गर्ने शास्त्र
C) हिप्सोग्राफिक कर्भ – महासागरको गहिराई प्रदर्शन गर्ने रेखा
D) Continental Apron – सामुद्धिक उच्च समस्थली
6. जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a. सुगौली सन्धीमा 1. १२ धारा
b. महाकाली सन्धिमा 2. ९ धारा
c. कोशी सम्झौतामा 3. १० धारा
d. विस्तुत शान्ति सम्झौतामा 4. १८ धारा
A) a1,b2,c3,d4 B) a2,b4,c1,d3
C) a2.b1,c4,d3 D) a4,b1,c3,d2
7. सुब्बा कृष्णलाल अधिकारीद्धारा लिखित मकैको खेती नामक पुस्तक कहिले प्रकाशित भएको थियो ?
A. वि.स १९७७ B. वि.स १९७८ C. वि.स १९७९ D. वि.स १९८०
8. तल दिइएका भनाई विचार गरि सहि उत्तर छनोट गर्नुहोस् ।
१. भराह शिखर अन्नपुर्ण हिमश्रंखलामा पर्दछ ।
२. गौरीशंकर हिमाल दोलखामा पर्दछ ।
३. गणेश हिमाल रसुवा जिल्लामा पर्दछ ।
४. चुरे पर्वत शृखंलाको अर्को नाम शिवालिक हो ।
A. सबै सहि B. सबै गलत C. १,२ सहि ३,४ गलत D. २,४ मात्र सहि
9. छिन्नमस्ता भगवतीको मन्दिर सप्तरी जिल्लामा पर्दछ,भने गढिमाईको मन्दिर कुन जिल्लामा पर्दछ ?
A. सुनसरी B. बारा C. पर्सा D. संखुवासभा
10. तल दिइएका भनाई मध्ये कुन गलत छ ?
A. किराँत कालका संस्थापक महागुरु फाल्गुन्द हुन ।
B. विश्वको सबैभन्दा फराकिलो वरण्डा भएको मन्दिर रामेश्वर हो ।
C. सिँगारु नाँच नेपालको सुदुर पुर्वमा प्रचलित छ ।
D. बहाई धर्मका संस्थापक मिर्जा हुसेन हुन ।
11. जे.एम किन्सका बारेमा विचार गरि सहि उत्तर छनोट गर्नुहोस् ।
१. उनी घाटा बजेट सिद्धान्तका प्रतिपादक हुन ।
२. The end of Laissez Fair नाम कृतिका लेखक हुन ।
३. मिश्रित अर्थव्यवस्थाका सिद्धान्तका प्रतिपादक हुन ।
A. १,२ मात्र सहि B. २,३ मात्र सहि C. १,३ मात्र सहि D. सबै सहि
12.”Rio + 20” ले दिइएको दस्तावेजको नाम के हो ?
A) Our common future B) Agenda 21
C) Transforming our world D) The future we want
13. नेपालको वर्तमान संविधानको कुन धारामा प्रदेश लोकसेवा आयोगको व्यवस्था रहेको छ ?
A. धारा २४४ B. धारा २४३ C. धारा २४२ D. धारा २४१
14. वातावरण सम्बन्धी पुरस्कार Global-500 पाउने पहिलो नेपाली को हुन ?
A. प्रकाश चन्द्र लोहनी B. सत्यमोहन जोशी
C. डा.मुकेश चालिसे D. डा. कृष्ण कुमार पण्डे
15. राष्ट्रिय जनगणना २०७८ अनुसार लैंगिक अनुपात कति रहेको छ ?
A. ९५.५९ प्रतिशत B. ९५.६० प्रतिशत C. ९५.६१ प्रतिशत D. ९५.६२ प्रतिशत
16. तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
जाति देवता
A. सतार – ठाकुर B. मुसहर – दिनाभद्री
C. शेर्पा – विजुलाँगो D. तामाङ – ल्हा
17. एपोलो अभियान के सँग सम्बन्धित रहेको छ ?
A. क्यान्सर रोगको औषधी पत्ता लगाउने अभियान B.समुन्द्रको गहिराइृ पत्ता लगाउने अभियान
C. सगरमाथाको उचाई यकिन गर्ने अभियान D.अन्तरिक्ष अनुसन्धान अभियान
18. समुह I र समुह II बिच जोडा मिलाउनुहोस् ।
a. लोक्ताको जिल्ला 1. कास्की
b. शान्ति कुण्ड 2. बाग्लुङ
c. जोगबुढा 3. सिन्धुली
d. कमलामाई 4. डडेलधुरा
A) a2,b1,c4,d3 B) a3,b4,c1,d2
C) a2,b2,c3,d4 D) a2,b3,c4,d1
19.उज्यालो प्रदेश अभियानु कुन प्रदेशले सञ्चालनमा ल्याएको अभियान हो ?
A. बागमति B. गण्डकी C. लुम्बिनी D. कर्णाली
20. नेपाल एकीकरण पुर्वमा भूमि सम्बन्धि मुद्दा हेर्ने अड्डालाई के भनिन्थ्यो ?
A. सुल्ली B. लिङ्वल C. माप्चोक D. कुथेर
उत्तरहरुः
1. A 11.D
2. C 12. D
3. A 13. A
4. C 14. D
5. D 15. A
6. C 16. C
7. A 17. D
8. A 18. A
9. B 19. B
10. C 20. D
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100