लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-05-23
  • 09:26:04
  • शनिबार,जेठ ०९, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. देहायका भनाई विचार गर्नुहोस् ।
    १. नेपाल पछिल्लो पटक UNO को आर्थिक तथा सामाजिक परिषद् अंगको सदस्यतामा निर्वाचित भएको छ ।
    २. भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने उर्जा सम्झौता २०२३ डिसेम्बर १८ मा गरेको हो ।
    A. १ मात्र ठिक        B. दुबै ठिक          C. २ मात्र ठिक          D. दुबै बेठिक

    2. हाल नेपालमा प्रतिव्यक्ति आय कति अमेरिकी डलर पुगेको छ ?
    A. १४५६ अमेरिकी डलर       B. १५५६ अमेरिकी डलर
    C. १३५६ अमेरिकी डलर        D. १२५६ अमेरिकी डलर

    3. गजलकार प्रकट पङ्गेनीको निधन कहिले भयो ?
    A. वि.सं. २०८१ जेठ ४                 B. वि.सं. २०८१ जेठ १०
    C. वि.सं. २०८१ बैशाख १०           D. वि.सं. २०८१ बैशाख ४

    4.Rule of Law Index 2023मा नेपालको स्थान कतिमा रहेको छ ?
    A) 71th             B) 72th                C) 36th                     D) 100th

    5. आर्थिक वर्ष २०८१/८२ को बजेट अनुसार वित्तिय व्यवस्थातर्फ कति प्रतिशत रकम छुट्टाइएको छ ?
    A) 18.10%            B) 18.94%              C) 61.39 %                  D) 19.74%

    6. देहायका भनाई विचार गर्नुहोस् ।
    १.बेलायतका प्रथम अन्तरिक्ष यात्री एरियल हुन ।
    २.पृथ्वीको सबैभन्दा नजिकको ग्रह शुक्र हो ।
    ३.प्रकाशको गति पत्ता लगाउने रोमर हुन ।
    ४.एक्सप्लोर -१ यान सन् १९५८ जनवरी ३१ मा अमेरिकाले पठाएको यान हो ।
    माथि दिइएका भनाई कुन कुन ठिक छन ।
    A. १ र २ मात्र             B. २ र ३ मात्र              C. १ र ३ मात्र           D. सबै ठिक

    7. एक अर्कोको ऐनामा देखिने प्रतिबिम्ब हुने आकार भएका महादेशहरु कुन कुन हुन ?
    A. उत्तर अमेरिका र दक्षिण अफ्रिका            B. एशिया र अफ्रिका
    C. एशिया र युरोप                                        D. अफ्रिका र दक्षिण अमेरिका

    8.Morning and Evening star भनेर कुन ग्रहलाई चिनिन्छ ?
    A. बृहस्पति              B. बुध                    C. शुक्र                D. शनि

    9. नेपाली साहित्यमा धेरै श्लोक भएको ग्रन्थ चन्द्र युगु का लेखक को हुन ?
    A. चन्द्र सायमी       B. चन्द्र प्रपन्नाचार्य             C. सुन्दरानन्द बाँडा               D. चन्द्र प्रकाश न्यापाने

    10. राष्ट्रिय जनगणना २०७८ अनुसार सबैभन्दा कम जनसंख्या वृद्धिदर भएको जिल्ला कुन हो ?
    A. भक्तपुर               B. गोर्खा              C. रामेछाप                   D. झापा

    11. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    पर्वतमाला                    महादेश
    a. आल्पस                  1. युरोप
    b. एण्डिज                  2. अन्टर्कटिका
    c. एट्लस                   3. दक्षिण
    d. एल्सवर्थ पर्वत         4. अफ्रिका
    A) a1,b2,c3,d4         B) a1,b3,c4,d2             C) a1,b4,c3,d2           D) a2,b3,c4,d1

    12. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    हिमशिखर                  हिमशृङखला
    a. अपि                        1. अन्नपुर्ण
    b. माछापुच्छे               2. गुराँस
    c. शान्ति पिक             3. खुम्बु
    d. मकालु                    4. कुम्भकर्ण
    A, A2,B3,C1,D4               B) a2,b1,c3,d4              C) a1,b2,c3,d4              D) a3,b2,c1,d4

    13. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    १. आफ्नो आशनमा सर्वप्रथम सिंहको आकृति अंकित गर्ने राजा नरेन्द्रदेव हुन ।
    २. नेपालले सन् १९६४ (टोकीयो ओलम्पिक) मा भाग लिन थालेको हो ।
    ३. बासठीकरण काण्ड वि.सं. १८६३ मा भएको थियो ।
    A. १ र २ मात्र सहि          B. सबै सहि             C. २ मात्र सहि           D. १ र ३ मात्र सहि

    14. खड्ग निशाना अड्डाको स्थापना कसले गरेका थिए ?
    A. जंगबहादुर राणा        B. वीरशमशेर           C. चन्द्र शमशेर               D. जुद्ध शमशेर

    15. चित्राक्षर लिपिु सर्वप्रथम कुन सभ्यताबाट विकास भएको हो ?
    A) Egyptian Civilization        B) Mesopotamian Civilization
    C) Indus Valley                        D) Greek Civilization

    16. अमेरिकन स्वतन्त्रताको घोषणाको मस्यौदा लेखक को हुन ?
    A. जर्ज वासिङटन          B. अब्राहम लिंकन             C. थोमस जेफर्सन            D. लेक्जेण्डर ह्यामिल्टन

    17. तल दिइएका कथनहरु ठीक, गलत के हुन ? छुट्याउनुहोस् ।
    १. The function of executives का प्रतिपादक चेस्टर वर्नाड हुन ।
    २. 2063 माघ 1 बाट नेपालको अन्तरिम संविधान,2063 लागु भएको थियो ।
    A. १ र २ दुबै ठिक      B. दुबै बेठिक        C.१ ठिक २ बेठिक           D. २ ठिक १ बेठिक

    18. प्रधानमन्त्री रोजगारी कार्यक्रमको नेपालमा कहिले देखि सुरुवात भएको हो ?
    A. आ.व. २०७५/७६           B. आ.व. २०७२/७३            C. आ.व. २०६६/६७            D. आ.व. २०६५/६६

    19.जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
    नेपाल प्रशासन सुधार आयोग                                  अध्यक्ष
    a. बुच कमिसन, २००९                                          1. टंक प्रसाद आचार्य
    b. प्रशासकिय पुनगर्ठन योजना आयोग, २०१३      2. वेदानन्द. झा
    c. प्रशासन सुधार आयोग, २०२५                           3. गिरिजा प्रसाद कोईरला
    d. प्रशासन सुधार आयोग, २०३२                           4. भेष बहादुर थापा
    e. उच्चस्तरीय प्रशासन सुधार आयोग, २०४८         5. एन.एम.बुच
    A) a3,b1,c2,d4,e5      B) a5,b1,c2,d3,e5     C) a5,b1,c2,d4,e3      D) a5,b3,c4,d1,e2

    20. देहायका मध्ये आसियानको संस्थापक सदस्य राष्ट्र कुन होईन ?
    A. इण्डोनेसिया           B. भियतनाम             C. थाईल्याण्ड                D. फिलिपिन्स

    उत्तरहरुः

    1. B 11. B
    2. A 12. B
    3. D 13. A
    4. A 14. C
    5. D 15. C
    6. D 16. C
    7. D 17. A
    8. C 18. A
    9. D 19. C
    10. C 20. B

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100