1.Time person of The year, 2023 कसलाई प्रदान गरियो ?
A) Narges Mohammadi B) Taylor Swift
C) Georgi Gospondinov D) Paul Lynch
2. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् 2024 अप्रिलमा सार्वजनिक गरेको पर्यटन तथ्यांक 2023 अनुसार नेपालमा विदेशी पर्यटकको औसत बसाई अवधि कति रहेको छ ?
A. १२.२ दिन B. १३.२ दिन C. १४.२ दिन D. १५ दिन
3. ग्लोबल फाईनान्स म्यागाजिनको बेष्ट बैंक अर्वाड ‘2024”बाट सम्मानित हुने नेपालको बैंक कुन हो ?
A. ग्लोबल आईएमई बैंक लिमिटेड B. NIC Asia Bank
C. कुमारी बैंक D. Everest Bank
4. उत्तम शान्ति पुरस्कार,२०८० कुन निबन्धलाई प्रदान गरिने भएको छ ?
A. शुन्यको मुल्य B. गल्ली संसार C. गिरिश कृति D. मेरो अपहरण
5. देहायका भनाई विचार गर्नुहोस् ।
१. संघिय संसदको कुनै सदस्य अयोग्य छ वा हुन गएको छ भन्ने प्रश्न उठेमा त्यसको अन्तिम निर्णय सर्वाच्च अदालतको संवैधानिक ईजलासले गर्दछ ।
२. प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन भित्र प्रतिनिधि सभाका सदस्यहरुको आफु मध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाच नगरिसक्नुपर्ने व्यवस्था छ ।
३. राष्ट्रिय सभामा ५९ जना सदस्य हुने व्यवस्था छ ।
४. राष्ट्रपति र उपराष्ट्रपति सम्बन्धि व्यवस्था नेपालको भाग ६ मा व्यवस्था गरिएको छ ।
A. १,२ र ३ ठिक B. २,३ र ४ ठिक C. सबै ठिक D. सबै बेठिक
6. नेपालको संविधान सम्बन्धमा जोडा मिलाई कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
सैंवधानिक व्यवस्था संविधानको धारा
1. संवैधानिक व्यवस्था a. धारा २६६
2. राष्ट्रिय सुरक्षा परिषद् b. धारा २८८
3. जनमतसंग्रह सम्बन्धि व्यवस्था c. धारा २८४
4. राजधानी सम्बन्धी व्यवस्था d. धारा २७५
A)1a,2b,3c,4d B) 1c,2a,3d,4b C) 1c,2d,3b,4a D) 1d,2c,3a,4b
7. Maastricht Treaty ले देहायका मध्ये कुन संस्थाको स्थापना गरेको थियो ?
A. संयुक्त राष्ट्र संघ B. बिमस्टेक C. आसियान D. युरोपेली युनियन
8. राजपत्रको भाग ४ मा के को व्यवस्था गरिएको छ ?
A. ऐन वा अध्याय
B. नियम, नेपाल सरकारले जारी गरेका आदेश वा अधिकतम
C. संविधान अन्तर्गतका नियुक्ति वा अन्य सूचना सरुवा, बढुवा र अन्य विभिन्न किसिमका विज्ञप्ति
D. ऐन नियम अध्यादेश अन्तर्गत वा नेपाल सरकारको निर्णयबमोजिम राजपत्रमा प्रकाशित गर्ने सूची
9. विष्णु तिर्थ तालु भनेर कुन ताललाई चिनिन्छ ?
A. फेवा ताल B. मैदी ताल C. रानी पोखरी D. फोक्सुण्डो ताल
10. राष्ट्रिय सुरक्षा परिषद्को सदस्य सचिव भई कसले कार्य गर्दछ ?
A. प्रधानसेनापति B. नेपाल सरकारको मुख्य सचिव C. रक्षा मन्त्रालयको सचिव D. रक्षा मन्त्री
11.SAPTA लाई एशीयाली स्वतन्त्र व्यापार क्षेत्र SAFTA का परिणत गर्ने निर्णय कुन सम्मेलनले गरेको हो ?
A. नवौँ B. दशौ C. एघारौ D. बाह्रौ
12. संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को अध्यक्ष कसले गर्ने प्रावधान रहेको छ ?
A. हरेक महिना सदस्य राष्ट्रहरुले अंग्रेजी वर्णानुक्रम अनुसार परिवर्तन गर्दछन ।
B. प्रत्येक चार वर्षमा सदस्य राष्ट्रहरुले वर्णानुक्रम अनुसार परिवर्तन गर्दछन ।
C. प्रत्येक तीन महिनामा सदस्य राष्ट्रहरुले अंग्रेजी वर्णानुक्रम अनुसार परिवर्तन गर्दछन
D. प्रत्येक छ महिनामा सदस्य राष्ट्रहरुले वर्णानुक्रम अनुसार परिवर्तन गर्दछन ।
13. क्ब्ब्च्ऋ को नीति निर्धारण गर्ने अंग भनेर निम्न मध्ये कुन अंगलाई चिनिन्छ ?
A. प्राविधिक समिति B. स्थायी समिति C. सचिवालय D. मन्त्रिपरिषद
14. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
धर्म संस्थापक
A. इसाई 1. जिसस क्राईष्ट
b. शिख 2. मिर्जा हुसेन
c. बहाई 3. गुरु नानक
d. किँरात 4. महागुरु फाल्गुन्द
A) a1,b2,c3,d4 B) a1,b4,c3,d2 C) a1,b3,c2,d4 D) a4,b3,c1,d2
15. ग्रीष्मकालीन ओलम्पिक र प्यारालम्पिक खेल २०२४ कुन ठाउँमा हुने भएको छ ?
a. अमेरिका B. फ्रान्सको पेरिस C. जापान टोकियो D. दक्षिण कोरिया
16.UNESCOको प्रधान कार्यालय कहाँ रहेको छ ?
A. रोम B. जेनेभा C. पेरिस D. न्यूयोर्क
17. तलका भनाई विचार गर्नुहोस् र सहि भनाई छनौट गर्नुहोस् ।
१. शिशु ग्रहले Inner planet र Outer planet लाई छुट्टयाउने काम गर्दछ ।
२. सबैभन्दा ठुलो शिशु ग्रह Cere हो ।
३. ग्रह र उपग्रहको कक्ष दीर्घ वृत्ताकार रुपमा रहेको कुरा पत्ता लगाउने वैज्ञानिक जोहानस केपलर हुन ।
A. १ मात्र सहि B. २ मात्र सहि C. ३ मात्र सहि D. सबै सहि
18. निम्न दिइएका मध्ये कुन शहर अफ्रिका महादेशको शहरहरुमा पर्दैन ?
A. केपटाउन B. नैरोवी C. संघाई D. लुसाका
19. तामा, म्याग्नेसाईट, गेरु, कोवाल्ट खनिज पदार्थहरु पाउने स्थान क्रम मिलाउनुहोस् ।
A. ठोसे, सिन्धुपाल्चोक, दोलखा, अर्घाखाँची B. बुद्धखोला, दोलखा, सिन्धुपाल्चोक, अर्घाखाँची
C. बुद्धखोला, दोलखा, पाल्पा, अर्घाखाँची D. ठोसे, सिन्धुपाल्चोक, पाल्पा, अर्घाखाँची
20. तलका भनाई विचार गर्नुहोस् ।
१. बलौटे पत्थरिलो माटो साल, सिसौ, को लागि उपयोगी मानिन्छ ।
२. तलैया माटो धान,गहँ,सागपातको लागि उपयोगि मानिन्छ ।
३. लेकाली हावापानी समुद्र सतह देखि ३,२५० देखि ६,००० मिटर उचाई सम्ममा पाईन्छ ।
A. १ र ३ सहि २ गलत B. १ र ३ गलत २ सहि C. १ र २ सहि ३ गलत D. सबै सहि
उत्तरहरुः
1. B 11. B
2. B 12. A
3. A 13. D
4. B 14. C
5. C 15. B
6. B 16. C
7. D 17. D
8. C 18. C
9. C 19. B
10. C 20. C
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100