1. राष्ट्रिय झण्डा सम्बन्धि व्यवस्था नेपालको संविधानको कुन धारामा रहेको छ ?
A. धारा ७ B. धारा ८ C. धारा ११ D. धारा १३
2. बागमति प्रदेश पहिलो आवधिक योजनाको दीर्घकालीन लक्ष्य अनुसार आ.व. २१००/२१०१ सम्ममा न्म्ए मा कृषि तथा वन क्षेत्रको योगदान कति प्रतिशत पु¥याउने लक्ष्य लिइएको छ ?
A) 7.5% B) 8.5% C) 9.5% D) 10.5%
3. खुसी सुचकांक, २०२४ अनुसार सार्कमा सबैभन्दा खुशी हुने देश कुन हो ?
A. अफगानिस्तान B. नेपाल C. भारत D. बंगलादेश
4. महर्षि पतञ्जलीका अनुसार योगमा श्वासप्रश्वास सम्बन्धि अभ्यासलाई के भनिन्छ ?
A. यम B. प्रत्याहार C. ध्यान D. प्राणायाम
5. नागरिकता सम्बन्धि विद्येक कहिले प्रमाणीकरण गरियो ?
A. २०८० जेठ १२ B. २०८० जेठ १४ C. २०८० जेठ १६ D. २०८० जेठ १७
6. दिगो विकास सम्बन्धी विचार गर्नुहोस् ।
१.दिगो विकासका परिणात्मक लक्ष्य १६९ रहेका छन ।
२.Rio + 15 सम्मेलन इण्डोनेसियामा सम्पन्न भएको थियो ।
३.संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (UNEP) को प्रधान कार्यालय केन्या नैरोवीमा रहेको छ ।
A. १ गलत B. २ गलत C. ३ गलत D. १ र २ गलत
7. रामसार सूचिमा सूचिकृत सबैभन्दा सानो सिमसार क्षेत्र अवस्थित जिल्ला कुन हो ?
A. कास्की B. कपिलवस्तु C. ईलाम D. सोलुखुम्बु
8. राष्ट्रिय जनगणना 2078 अनुसार औषत परिवारको आकार सबैभन्दा धेरै भएको जिल्ला कुन हो ?
A. झापा B. रौतहट C. काठमाडौँ D. ललितपुर
9. पुर्व हिमालयन जैविक मार्गले निम्न कुन कुन देशलाई जोड्छ ?
A. नेपाल, भारत, भुटान र म्यानमार B. अफगानिस्तान, पाकिस्तान, भारत र नेपाल
C. अफगानिस्तान , पाकिस्तान, भारत र नेपाल D. नेपाल, भारत, चीन र म्यानमार
10. तलका कुन कुन ठाउँमा क्रमशः फलाम, चुनढुंगा, मार्वल र पेट्रोलियम पाईन्छ ?
A. ठोसे, चोभार, महाभारत श्रेणी, मुक्तिनाथ B. महाभारत श्रेणी, चोभार, मुक्तिनाथ, ठोसे,
C. मुक्तिनाथ, महाभारत श्रेणी, ठोसे, मुक्तिनाथ D. ठोसे, महाभारत श्रेणी, चोभार, मुक्तिनाथ
11. संयुक्त राज्य अमेरिकाद्धारा जर्मनी विरुद्ध युद्धको घोषणा कहिले भएको थियो ?
A. सन् १९१७ अप्रिल ६ B. सन् १९१८ अगष्ट ७
C. सन् १९१९ जुन २८ D. सन् १९१६ अगष्ट २८
12. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
महादेश ठुलो मरुभुमि
a. एशिया 1. सहरा
b. अफ्रिका 2. गोबी
c. उत्तर अमेरिका 3. पेटागोनिया
d. दक्षिण अमेरिका 4. सोनारा
A) a2,b1,c4,d3 B) a2,b3,c4,d1 C) a2,b4,c3,d1 D) a1,b2,c3,d4
13. जंगी र निजामती कर्मचारीहरुलाई रकम सापटि दिन प्रबन्ध मिलाउने अड्डालाई के भनिन्थ्यो ?
a. तेजारथ अड्डा b. धर्मकचहरी C. वृत्ति अधिकरण D. अपिल अड्डा
14. तलका भनाई विचार गर्नुहोस् ।
१. २०१६ सालमा प्रतिनिधिसभाको प्रथम बैठकको अध्यक्षता गर्ने व्यक्ति कृष्णप्रसाद भट्टराई हुन ।
२. वि.सं.२०१५ सालको आम निर्वाचनमा देशभर १०९ निर्वाचन क्षेत्र रहेका थिए ।
A. १ ठिक २ बेठिक B. दुबै ठिक C. २ ठिक १ बेठिक D. दुबै बेठिक
15. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
समुह I समुह II
a. विनय पिटक 1. बुद्ध धर्मका दर्शनहरु
b. शुक्ति पिटक 2. भिक्षु भिक्षुणीहरुले पालना गर्नुपर्ने नियम
c. अभिधम्म पिटक 3. भगवान बुद्धका उपदेशहरु समावेश
A) a2,b3,c1 B) a3,b2,c1 C) a2,b1,c3 D) a1,b2,c3
16. कुरान कुन जातिको धार्मिक ग्रन्थ हो ?
A. किराँत B. इसाई C. मुस्लिम धर्म D. बोन
17. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
पुरस्कार २०८० प्राप्त व्यक्ति
1. मानश्री – महावीर पुन
2. बसुन्धारा – डा. सन्दुक रुईत
3. उत्तम शान्ति – डा. नवराज के.सी
4. भैरव वाङ्मय – अभि सुवेदी
माथि दिइएका जोडाहरु मध्ये कुन सहि छ ?
A. १ र २ ठिक B. १ र ४ ठिक C. ३ र ४ ठिक D. सबै ठिक
18. खलंगामा हमला कृतिका लेखक को हुन ?
A. राधा पौडेल B. विजय कुमार C. डा. नवारज लम्साल D. विवेक ओझा
19. सार्वजनिक संस्थान वार्षिक स्थिती समीक्षा २०८० अनुसार घाटामा सञ्चालित संस्थान कति वटा रहेका छन ?
A. २० वटा B. २५ वटा C. २२ वटा D. १७ वटा
20. राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालका कति जातीलाई अल्पसंख्यकको सुचीमा राखिएको छ ?
A) 110 B) 113 C) 115 D) 118
उत्तरहरुः
1. B 11. A
2. A 12. A
3. B 13. A
4. D 14. B
5. D 15. A
6. A 16. C
7. C 17. D
8. B 18. A
9. D 19. D
10. A 20. C
प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100