लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-05-23
  • 06:08:50
  • शनिबार,जेठ ०९, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. भारत बाट दुई जिल्लालाई मात्र छोएर तिब्बत पुग्न सकिने जिल्ला तलका मध्ये कुन कुन हुन ?
    A. धादिङ, गोर्खा, चितवन    B. धादिङ, कञ्चनपुर, चितवन
    C. चितवन, दार्चुला, गोर्खा     D. सिन्धुली, गोर्खा, चितवन

    2. पर्सा जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा कहिले भएको हो ?
    A. वि.सं. २०८१ जेठ ३ गते             B. वि.सं. २०८१ बैशाख ३ गते
    C. वि.सं. २०८१ बैशाख १० गते       D. वि.सं. २०८१ बैशाख २० गते

    3. विश्वका शक्तिशालि राहदानीको सूची, २०२४ मा नेपाल कति औ स्थानमा रहेको छ ?
    A. १०३ औ                B. १०४ औ                  C. १०५ औ                    D. १०० औ

    4. सबैभन्दा लामो सामुद्रिक किनारा भएको महादेश कुन हो ?
    A. युरोप महादेश                   B. अष्ट्रलिया महादेश
    C. एशिया महादेश                 D. दक्षिण अमेरिका महादेश

    5. चालु पन्ध्रौ योजना अनुसार योजनाको अन्त्य सम्म रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा कति पु¥याउने अनुमान गरेकोे छ ?
    A. ६० प्रतिशत                    B. ७० प्रतिशत                    C. ७५ प्रतिशत                     D. ८० प्रतिशत

    6. राष्ट्रिय जनगणना २०७८ अनुसार तराई क्षेत्रमा जनसंख्या वृद्धिदर कति रहेको छ ?
    A. १.५३ प्रतिशत                 B. १.५२ प्रतिशत                  C. १.५४ प्रतिशत                  D. १.५५ प्रतिशत

    7. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    १. संयुक्त राष्ट्र संघको 71 औ महासभाले सदस्य राष्ट्रहरुलाई दिगो विकास लक्ष्य हासिल गर्न आहन गरेको थियो ।
    २. दिगो विकासका लक्ष्य अन्र्तगत विभिन्न 17 वटा लक्ष्यहरु राखिएका छन ।
    ३. सदस्य राष्ट्रहरुले यी लक्ष्यहरु सन् 2032 सम्ममा हासिल गर्नुपर्नेछ ।
    A. १ मात्र ठिक                   B. २ मात्र ठिक                       C. १,२ ठिक ३ बेठिक           D. सबै सहि

    8. स्थानीय तहको अधिकार सूची कति वटा रहेका छन ?
    A, 25                                  B) 22                              C) 35                                     D) 21

    9. तलका भनाईहरु विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    १. नेपालमा स्थापना भएको पहिलो संरक्षण क्षेत्र अन्नपुर्ण हो ।
    २. सबै भन्दा ठुलो संरक्षण क्षेत्र गौरीशंकर हो ।
    ३. सबैभन्दा पश्चिमको संरक्षण क्षेत्र अपिनाम्पा हो ।
    ४. सबै भन्दा सानो संरक्षण क्षेत्र कृष्णसार हो ।
    A. १,३ र ४ ठीक २ बेठिक             B. सबै ठीक                C. सबै बेठीक                    D. १,२ र ४ ठीक ३ बेठीक

    10. दिइएका मध्ये नेपालमा आयोजना नभएका सार्क शिखर सम्मेलन कुन हो ?
    A. तेस्रो             B. सातौ                   C. एघारौ                      D. अठारौ

    11. बायो फ्लोक प्रविधि के सँग सम्बन्धित छ ?
    A. माछा पालन                  B. मौरी पालन                   C. बाख्रा पालन            D. गाई पालन

    12. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    समुह I                          समुह II
    1. कलाबहादुर          a. प्रताप मल्ल
    2. खरिदार बाजे       b. बाबुराम आचार्य
    3. खरिदार बा          c. कृष्णप्रसाद कोइरला
    4. कविन्द्र                 d. माथवरसिंह थापा
    A, 1b,2d,3c,4a       B) 1d,2c,3b,4d          C) 1d,2b,3c,4a        D) 1b,2c,3d,4a

    13. सर्वप्रथम हरितगृह को अवधारणा ल्याउने वैज्ञानिक कोहुन ?
    a. बेरिन जिज फेरियर         b. शेउरड रोल्याण्ड         c. अर्थिनस            d. थोमस मिज

    14. राष्ट्रिय साईबर सुरक्षा केन्द्रको स्थापना कहिले भएको हो ?
    A. वि.सं. २०८१ बैशाख ११         B. वि.सं. २०८१ जेठ ११             C. वि.सं. २०८१ बैशाख १०            D. वि.सं. २०८१ जेठ १०

    15. संयुक्त राष्ट्र संघ को स्थापना कुन सम्मेलनले गरेको हो ?
    A. याल्टा सम्मेलन, १९४५               B. सन् फ्रान्सिको सम्मेलन, १९४५
    C. ब्रेटनउड्स सम्मेलन, १९४५        D. दम्बर्टन ओक्स सम्मेलन, १९४५

    16. लिच्छविकालीन शासकले नेपालमा शासन गरेको समयको क्रम पहिलोबाट पछिल्लो कुन सही हो ?
    A. मानदेव, अंशुवर्मा, गुणकामदेव, नरेन्द्रदेव र प्रचण्डदेव
    B. गुणकामदेव, मानदेव, अंशुवर्मा, नरेन्द्रदेव र प्रचण्डदेव
    C. अंशुवर्मा, मानदेव, नरेन्द्रदेव, गुणकामदेव र प्रचण्डदेव
    D. मानदेव, अंशुवर्मा, नरेन्द्रदेव, गुणकामदेव र प्रचण्डदेव

    17. तामाङ समुदायले मनाउने सोनाम ल्होसार कुन तिथिमा पर्दछ ?
    A. मंसिर शुक्ल पञ्चमी       B. पौष शुक्ल त्रयोदशी
    C. माघ शुक्ल प्रतिपदा       D. फाल्गुण पुर्णिमा

    18. सार्कको कुन अंगलाई कार्यकारी अंग मानिन्छ ?
    A. मन्त्रीपरिषद्          B. शिखर बैठक              C. स्थायी समिति          D. प्राविधिक समिति

    19. सार्कको सचिवालय नेपालमा राख्ने प्रस्ताव कुन सम्मेलनले पारित गरेको थियो ?
    A. दोस्रो                    B. तेस्रो                           C. चौथो                        D. पाँच

    20. नेपालबाट नजिकदेखि टाढा पर्ने सार्क राष्ट्रहरुको राजधानी क्रमशः मिलाउनुहोस् ।
    A. थिम्पु, ढाका, नयाँ दिल्ली, ईस्लामवाद, कावुल, कोलम्बु र माले
    B. थिम्पु, ढाका, नयाँ दिल्ली, कावुल, ईस्लामवाद, कोलम्बु र माले
    C. थिम्पु, ढाका, ईस्लामवाद, नयाँ दिल्लली, कावुल, कोलम्बु र माले
    D. थिम्पु, ढाका, नयाँ दिल्ली, ईस्लामवाद, कोलम्बु, कावुल, र माले

    उत्तरहरुः

    1.A         11. A
    2. B       12. C
    3. A       13. A
    4. A       14. D
    5. B       15. B
    6. C       16. D
    7. B       17. C
    8. B      18. C
    9. A      19. A
    10. B    20. A

    प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100