1. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
समुह I समुह II
a.मनसुन 1. हिमाच्छादित हिमालय
b.सदाबहार नदी 2. दामोदर हिमालय
c.मकालु 3. भारत
d.मुक्तिनाथ 4. कुम्भकर्ण हिमालय
A)a3,b1,c4,d2 B) a2,b3,c4,d1 C)a4,b3,c1,d2 D) a3,b1,c2,d4
2. तल दिइएका झरनाहरुको अवस्थिति कुन गलत छ ?
A. चेपे नदी – मनाङ
B. फुङफुङ – नुवाकोट
C. दिप्रुङ – खोटाङ
D. ओडारी – ओखलढुंगा
3. क्षेत्रफलका आधारमा सानोबाट ठुलोमा राष्ट्रहरुको सही क्रम कुन हो ?
A. ब्राजिल, चीन, अमेरिका, रुस र क्यानडा
B. ब्राजिल, चीन, रुस, क्यानडा र अमेरिका
C. ब्राजिल, चीन, अमेरिका, क्यानडा र रुस
D. चीन, ब्राजिल, अमेरिका, क्यानडा र रुस
4. सन् 1939 को सेप्टेम्बर 1 मा पोल्याण्डमा आक्रमण भएपछि दोस्रो युद्ध शुरु भएको मानिन्छ । पोल्याण्डमा आक्रमण गर्ने देश कुन हो ?
A. बेलायत B. जापान C. फ्रान्स D. जर्मनी
5. ”Fall of Bastille” के सँग सम्बन्धित छ ?
A. फ्रान्सेली राज्य क्रान्ति B. तीसवर्षे युद्ध C. नेपोलियन युद्ध D. सप्तवर्षीय युद्ध
6. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
1. अमाली प्रथाको खारेजी – वि.सं. १९६५
2. गोरखा भाषा प्रकाशिनी समितिको स्थापना – वि.सं. १९६९
3. त्रिचन्द्र कलेजको स्थापना – वि.सं. १९७५
4. ऐतिहासिक मकै पर्वको घटना – वि.सं. १९८०
माथिका जोडाहरु मध्ये कुन जोडा गलत हो ?
A. १ र ४ B. २ र ३ C. १ र २ D. सबै गलत
7. राष्ट्रिय जनगणना 2078 अनुसार 15 देखि 59 वर्षको उमेर समुहकाहरुको जनसंख्या कति रहेको छ ?
A)61.97% B) 50.61% C) 65.96% D) 61.96%8
8. भक्तपुरको न्यातपोल मन्दिर कुन शैलीमा बनेको छ ?
A. प्यागोडा शैली B. शिखर शैली C. मुगल शैली D. राजपुत शैलि
9. गोरखापत्रमा दैनिक प्रकाशनमा थप भएका नयाँ दुई भाषा कुन कुन हुन ?
A. डोटेली र बञ्जिका B. मारवाडी र डडेल्धुरा C. राणा थारु र याक्खा D. याक्खा र डडेल्धुरेली
10. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
आविष्कार आविष्कारक
a. फाउन्टेन पेन 1. गुग्लिल्यो मार्कोनी
b. वायरलेस टेलिगा्रफ 2. जेम्स वाट
c. स्टीम ईन्जिन 3. माईकल फराडे
d. डायनामो 4. वाटरमेन
A) a2,b3,c4,d1 B) a4,b2,c3,d1 C) a4,b1,c2,d3 D) a4,b3,c1,d2
11. उपग्रह विहीन ग्रहहरु कुन कुन हुन ?
A. बुध र शनि B. बुध र शुक्र C. पृथ्वी र शनि D. मंगल र वरुण
12. नेपालमा हुलाक सेवा कहिले देखि सञ्चालन भएको मानिन्छ ?
A. वि.सं. १९३० B. वि.सं. १९२५ C. वि.सं. १९३८ D. वि.सं. १९३५
13. तल दिइएका मध्ये कुन चाहि थर्मोसेटिङ प्लाष्टिक हो ?
A) PVC B. नाईलन C. पोलिथिन D. बेकेलाईट
14. राष्ट्रिय जनगणना 2078 अनुसार कम साक्षरता दर जिल्लाको क्रम मिलाउनुहोस् ।
1. रौतहट, महोत्तरी, सर्लाही, हुम्ला र बारा
2. रौतहट, सर्लाही, महोत्तरी, हुम्ला र बारा
3. रौतहट, महोत्तरी, हुम्ला, सर्लाही र बारा
4. रौतहट, महोत्तरी, सर्लाही, बारा र हुम्ला
माथिको क्रम कुन सहि छ ।
A) 4 B) 3 C) 2 D) 1
15. योगशास्त्रमा सांख्यदर्शनको प्रवर्तक भनेर कसलाई चिनिन्छ ?
A. भगवान शिव B. पतञ्जली C. कपिलमुनी D. धनवन्तरी
16. बागमति प्रदेशमा कुल स्थानीय तह कति वटा रहेका छन ?
A. १२० वटा B. ११० वटा C. ११९ वटा D. ११५ वटा
17. रामसार कन्भेन्सन निम्न मध्ये कुन सँग सम्बन्धित छ ?
A. जैविक विविधता संरक्षण B. पर्यटन संरक्षण C. सिमसार क्षेत्र संरक्षण D. प्रदुषण नियन्त्रण
18. जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकाको रामीडाँडालाई केन्द्र बिन्दु बनाएर भुकम्प कहिले गएको हो ?
A) 2080/7/07 B) 2080/7/17 C) 2080/7/18 D) 2080/6/1719
19. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राडार परियोजना कुन देशको सहयोगमा सञ्चालित छ ?
A. जापान B. चीन C. बेलायत D. अमेरिका
20. पन्ध्रौ योजनाले योजनाको अन्तिम सम्म स्थानीय तहमा महिला प्रतिनिधित्व कति पु¥याउने लक्ष्य लिएको छ ?
A) 50% B) 55% C) 60% D) 70%
1. A 11. B
2. D 12. D
3. C 13. D
4. D 14. D
5. A 15. C
6. A 16. C
7. D 17. C
8. A 18. B
9. D 19. A
10. C 20. A
प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100