दाङ क्षेत्र नम्बर २ मा रेखालाई पछ्याउँदै शंकर पोख्रेल - Chaitanya News
  • 2026-08-13
  • 12:59:40
  • बिहिबार,साउन २८, २०८३
  • दाङ क्षेत्र नम्बर २ मा रेखालाई पछ्याउँदै शंकर पोख्रेल

    दाङ क्षेत्र नम्बर २ मा रेखालाई पछ्याउँदै शंकर पोख्रेल

    दाङ– दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेलले माओवादी केन्द्रकी रेखा शर्मासँगको मतान्तर घटाउँदै लगेका छन्।

    मंगलबार (हिजो) बेलुकीसम्म झण्डै दुई हजार मत अन्तरले पछि परेका पोख्रेलले बुधबार (आज( बिहानसम्म मत अन्तर १६०० मा झारेका छन् ।

    आज बिहानको मत परिणाम अनुसार रेखाले १४ हजार १०७ मत पाएकी छन्। उनलाई पछ्याइरहेका शंकर पोख्रेलले १२ हजार ४२३ मत पाएका छन्।

    हालसम्म दाङ क्षेत्र नं. २ मा ३८ हजार १३२ मत गणना भइसकेको छ। अहिले क्षेत्र नं. २ को प्रदेश सभा (२) तर्फको मत गणना भइरहेको छ। एमाले महासचिव शंकर पोख्रेलको घर यही क्षेत्रमा पर्दछ।