काठमाडौँ– आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स टोली भारतसँग टस हारेको छ। भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ।
नेपालले पौने दुई बजे सुरु हुने खेलमा नेपालले टस हार्दै पहिला फिल्डिङ गर्ने निम्तो पाएको छ। नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएको थियो।
नेपाल सुपर सिक्समा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो। उता भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ।
आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ। पराजित हुँदा पनि नेटरनरेटको कारण सेमिफाइनल खेल्ने देखिन्छ। नेपाल अन्तिम खेलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ।