के आँखा पाक्ने रोगले प्रकोपको रूप लिँदै गएको हो ?  - Chaitanya News
  • 2026-05-03
  • 13:23:31
  • आइतबार,बैशाख २०, २०८३
  • के आँखा पाक्ने रोगले प्रकोपको रूप लिँदै गएको हो ? 

    के आँखा पाक्ने रोगले प्रकोपको रूप लिँदै गएको हो ? 

    काठमाडौं – विभिन्न अस्पतालमा आँखा पाक्ने रोगको समस्या बढ्दै गएको छ। पछिल्लो केही दिनयता देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको हो।

    काठमाडौंस्थित तीलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल लगायत देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको छ। तीलगंगा अस्पतालमा कार्यरत बाल आँखा रोग विशेषज्ञ डा।सृजना अधिकारीले आँखा पाक्ने समस्या लिएर अस्पतालमा दैनिक एक सय जनासम्म आउने गरेको जानकारी दिइन्।

    विभिन्न प्रदेशका गाउँपालिकामा आँखा पाक्ने रोगले सताएपछि यति बेला विद्यालय बन्द गरिएको छ ।विगतको वर्षहरु भन्दा धेरै नै केसहरु यो वर्ष देखिएको छ । यता आँखाको नानी विशेषज्ञ डा।लिना बज्राचार्यले भाइरसको कारणले गर्दा इन्फेक्सन भए आँखा पाक्ने समस्या आउने बताइन्।

    उनले आँखा पाक्ने समस्या जुनसुकै उमेर समूहमा हुनसक्ने र यो एकदम फैलिने बताइन्।यसबाट बच्न आफूले प्रयोग गर्ने रुमाल, साबुन छुट्टै राख्नुपर्ने बताइन्। डा।बज्राचार्यले एक व्यक्तिको आँखाको तत्व अर्को व्यक्तिमा पुग्यो भने फैलिनसक्ने भन्दै यो आँसुबाट सर्ने रोग भएको बताइन्।

    आँखा रोग विशेषज्ञहरुले कुनैपनि व्यक्तिमा आँखा पाक्ने समस्या देखिए हेलचेक्र्याँई गर्न नहुने भन्दै आँखा पाकिहाले नजिकको आँखा केन्द्रमा गएर चिकिच्सकको परामर्श लिनुपर्ने र जथाभावी औषधिको प्रयोग गर्न नहुने सुझाव दिएका छन् ।

    आँखा पाकेमा के गर्ने ?

    आँखा चिसोले तथा बरफले सेक्ने

    सफा पानीले आँखा सफा गर्ने

    घर बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने

    संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने

    के नगर्ने ?

    संक्रमित आँखालाई सकेसम्म नचलाउने

    स्कुल,कलेज र अन्य भीडभाड भएको ठाउँमा नजाने

    अरुले प्रयोग गरेको रुमाल तौलिया प्रयोग नगर्ने

    आफूखुशी औषधिको प्रयोग नगर्ने