सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ बजेट निर्देशित रहेको अर्थमन्त्रीको भनाई - Chaitanya News
  • 2026-05-02
  • 09:33:50
  • शनिबार,बैशाख १९, २०८३
  • सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ बजेट निर्देशित रहेको अर्थमन्त्रीको भनाई

    सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ बजेट निर्देशित रहेको अर्थमन्त्रीको भनाई

    काठमाडौं– अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष फराकिलो आर्थिक वृद्धिसहितको सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ बजेट निर्देशित रहेको बताएका छन्।

    आर्थिक वर्ष २०८००८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाश शरण महतले अर्थतन्त्रमा देखिएका समस्या एवम् चुनौतीलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई गतिशील बनाइने बताए।

    निजी क्षेत्रको मनोबल उच्च पार्ने र उच्च दिगो र फराकिलो आर्थिक वृद्धिसहतिको सबल अर्थतन्त्र निर्माण गर्ने तर्फ आगामी बजेट निर्देशित गरको उनले प्रस्ट पारे।