साधारण खर्च १२ खर्ब २५ अर्ब ८० करोड : अर्थमन्त्री महत - Chaitanya News
  • 2026-06-17
  • 09:37:17
  • बुधबार,आषाढ ०३, २०८३
  • साधारण खर्च १२ खर्ब २५ अर्ब ८० करोड : अर्थमन्त्री महत

    साधारण खर्च १२ खर्ब २५ अर्ब ८० करोड : अर्थमन्त्री महत

    काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले साधारण खर्च बढ्दा त्यसले अर्थतन्त्रमा समस्या निम्तिएको बताएका छन्। सोमबार आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दै उनले अर्थतन्त्रमा रहेका समस्या प्रस्तुत गरेका छन्। जसमा उनले साधारण खर्च मात्र १२ खर्ब २५ अर्ब ८० करोड पुगेको बताए।

    संरचनात्मक तथा केही नीतिगत समस्या रहेको भन्दै उनले रूस(युक्रेन युद्धले आपूर्तिमा असर गरेको बताए। उच्च ब्याजदर, पूँजीगत खर्च नबढेको, समष्टिगत मागमा कमी आएका कारण पनि अर्थतन्त्र समस्यामा परेको बताए। मुद्रास्फीति नियन्त्रण र विनिमय सञ्चिति कायम गर्न लिएका नीतिले पनि समस्या बढाएको उनको भनाइ छ। पछिल्लो समय सूचकांकहरु सुधारोन्मुख रहेको समेत उनले बताए।