एनएमबि बैंकद्वारा जानकी आँखा अस्पताललाई १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग - Chaitanya News
  • 2026-08-09
  • 13:03:07
  • आइतबार,साउन २४, २०८३
  • एनएमबि बैंकद्वारा जानकी आँखा अस्पताललाई १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग

    एनएमबि बैंकद्वारा जानकी आँखा अस्पताललाई १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग

    काठमाडौँ– एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनकपुरधामको जानकी आँखा अस्पताललाई सहयोग गरेको छ । बैंकले अस्पताललाई १ लाख ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो। उक्त सहयोग अस्पतालमा आवश्यक उपकरणहरु खरिद गर्नको लागि हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

    कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, प्रदेश प्रमुख कमल पोखरेल, एरिया म्यानेजर मिथिलेश कुमार झा समेतको उपस्थिति रहेका थियो। साथै, आँखा अस्पतालको तर्फबाट सभापति नरेश प्रसाद सिंह, मेडिकल डाइरेक्टर आशिष बोहरा, कोषाध्यक्ष धिरेन्द्र मोहन झालगायत अन्य पधाधिकारीहरु समेतको उपस्थिति रहेको थियो।

    एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।