चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1072 of 1115
  • 2026-10-15
  • 04:46:01
  • बुधबार,आश्विन २८, २०८३

About Author

चिनियाँ नेता ली चान्सु र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं– नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। मंगलबार बिहान संघीय संसद् भवन नयाँ बानेश्वरमा दुई नेताबीच भेटवार्ता भएको हो।भेटमा एमालेकातर्फबाट सुवास चन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताको सहभागिता थियो। मंगलबार बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरेलगत्तै लीले ओलीसँग भेटवार्ता गरेका हुन्। अध्यक्ष लीले मंगलबार दिनभर उच्चस्तरिय भेटवार्ता गर्दैछन्। ओलीसँगको भेटवार्तापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनले मंगलबारै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।  

News by चिनियाँ नेता ली चान्सु र एमाले अध्यक्ष ओलीबीच भेट :