चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 717 of 1156
  • 2026-11-24
  • 03:48:26
  • सोमबार,मंसिर ०८, २०८३

About Author

मेलम्ची खानेपानीको मुहान जाने बाटो बाढीले भत्कायो

काठमाडौं  - मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले भत्काएपछि बन्द भएको छ। लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडक भत्काएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए। मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुङ्गेबजारबाटै सडक सञ्जाल टुटेको र कतिपय बस्ती, सार्वजानिक संरचना, खेतीयोग्य जमिनसमेत उच्च जोखिम भएको अवस्थामा समेत सङ्घ र प्रदेश सरकारले बेवास्ता गरेको उनले गुनासो गरे। राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाले समेत यो विपत्तिमा चासो नदिएको उनको भनाइ छ। ‘हेलम्बु आन्तरिक स्रोत नै नभएको पालिका हो, त्यसमा पनि यो वर्ष बजेट कटौती भएर आएको छ। विपद् जहिले पनि हेलम्बुमा क्षति पुर्‍याइरहेको अवस्थामा आएको बजेट विकासमा खर्च गरौँ कि खोलामा लगेर हालौँ’, उनले प्रश्न गरे। अहिले खानेपानी आयोजनाको काम बन्द भए पनि बेवास्ता गर्न नहुने जनाउँदै उनले फेरि पनि पानी लैजाने हो भने मेलम्चीबाट आयोजनास्थलसम्मकै सडक खुलाउन आयोजनाले जिम्मा लिनुपर्ने बताए। अध्यक्ष शेर्पाका अनुसार अहिले पाटीभञ्ज्याङ हुँदै हेलम्बु जोड्ने वैकल्पिक सडक बनाउने काम भइरहेको छ। बाढीका कारण हेलम्बुमा सडक यातायात पूर्ण रूपमा टुटेकाले वैकल्पिक सडक बनाएर पनि पालिकालाई सडक सञ्जालमा जोड्न प्रयास थालिएको उनले जानकारी दिए। अध्यक्ष शेर्पाले काठमाडौँबाट साँखु, भोटेचौर, हैबुङ, पाटीभञ्ज्याङ हुँदै हेलम्बुको ग्याल्थुमसम्म पुग्न सकिने सडक खुलाउन काम भइरहेको बताए। गत हिउँदमा नदी नियन्त्रण तथा व्यवस्थापनका लागि गरिएको सबै प्रयास असफल भएपछि अहिले तनाव सिर्जना भएको उनले बताए। ‘खोलालाई पुरानै धारमा फर्काउनका लागि करोडौँ बजेट खर्च भयो तर अहिले उपलब्धि केही छैन, आगामी दिनमा हेलम्बुमा दीर्घकालीन योजनाबिना जथाभावी खोलामा मेसिन हाल्न रोक लगाउँछु’, अध्यक्ष शेर्पाले भने। रासस

News by मेलम्ची खानेपानीको मुहान जाने बाटो बाढीले भत्कायो :