चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 830 of 1153
  • 2026-11-22
  • 23:08:49
  • आइतबार,मंसिर ०७, २०८३

About Author

आज दिउँसोपख पहाडी भूभागमा वर्षा, पूर्वी तराईमा हावाहुरीको सम्भावना

काठमाडौं- देशभरको मौसममा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहानपख देशभर आंशिक बदली रहेको वरिष्ठ मौसमविद् वरूण पौडेलले जानकारी दिए। दिउँसोपख कोशी, मधेश, बागमती, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था नै देखिने उनले बताए। बाँकी भूभागमा पनि आंशिक बदलीदेखि मौसम सामान्यतया सफा नै रहने उनले बताए। अपराह्नतिर कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा हुने उनले बताए। कोशी प्रदेशका तराई भूभाग र मधेश प्रदेशको केही स्थानमा हावा–हुरीको समेत सम्भावना रहेको उनले बताए। राति देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा पूर्वानुमान गरिएको छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको पनि पौडेलले बताए।

News by आज दिउँसोपख पहाडी भूभागमा वर्षा, पूर्वी तराईमा हावाहुरीको सम्भावना :