चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1095 of 1110
  • 2026-10-09
  • 14:49:20
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

बैंकिङ्ग कसुर मुद्दामा ४२ लाख जरिवाना तोकिएका रामेछापका निरज बुढाथोकी पक्राउ

काठमाडौं– खातामा रकम नभएको चेक दिएर ठगेको आरोपमा ४२ लाख जरिवाना तोकिएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–७ घर भएर काठमाडौंको बानेश्वर बस्ने निरज बुढाथोकी छन्। ३९ वर्षीय बुढाथोकी लाई कोटेश्वरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी कमल थापाले बताए। उच्च अदालत पाटनले २०७७ पुसमा बुढाथोकीलाई ४२ लाख जरिवाना र ८ दिन कैद सजाय हुने फैसला गरेको थियो। फैसलापछि उनी फरार थिए। निरले दिएको सेन्चुरी बैंक कोटेश्वर शाखाको चेक बाउन्स भएपछि पीडितले उनीविरुद्ध उजुरी हालेका थिए। उनलाई जिल्ला अदालतको आदेशले डिल्लीबजार कारागार चलन गरिएको एसपी थापाले जानकारी दिए।  

News by बैंकिङ्ग कसुर मुद्दामा ४२ लाख जरिवाना तोकिएका रामेछापका निरज बुढाथोकी पक्राउ :