चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 742 of 1154
  • 2026-11-23
  • 11:37:24
  • सोमबार,मंसिर ०८, २०८३

About Author

डेंगी फैलिने क्रम तीब्र, देशभर संक्रमितको संख्या ४ हजार नाघ्यो

काठमाडौं -  देशभर डेंगी संक्रमितको संख्या ४ हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हाल देशभर ४ हजार २ सय ८९ जना डेंगीका बिरामी रहेको जनाएको हो । महाशाखाका अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै दुई हजार ७ सय ५४ जना डेंगीका विरामी रहेका छन् । त्यस मध्ये पनि धरानमा मात्रै विरामीको संख्या दुई हजार माथि रहेको छ । यस्तै, मधेश प्रदेशमा २२ जना, बागमती प्रदेशमा ७ सय ७६ जना, गण्डकी प्रदेशमा ३ सय ४४ जना, लुम्बिनी प्रदेशमा १ सय ६६, कर्णाली प्रदेशमा २० जना र सुदूरपश्चिम प्रदेशमा ३ सय १६ डेंगीका बिरामी रहेका छन् । डेंगीबाट दश वटा जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन् । ती १० जिल्लामा मात्र ३ हजार ६ सय ७१ बिरामी रहेका छन् । सुनसरी २ हजार ५ सय ४२, धादिङमा ४ सय १, कास्कीमा २ सय ५, दार्चुलामा १ सय ९०, काठमाडौंमा ८०, संखुवासभामा ६४, म्याग्दी ५४, कञ्चनपुरमा ५२, रुपन्देहीमा ४५ र मोरङमा ३८ जना बिरामी रहेका छन् । निरन्तरको वर्षा, सरसफाइको बेवास्ता र लामखुट्टेबाट जोगिने उपाय नगर्दा डेंगी फैलिन क्रम तीब्र भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले भदौ र असोजसम्ममा डेंगी संक्रमण उच्च हुने प्रक्षेपण गरेको छ । गत वर्ष डेंगीले महामारीकै रुप लिएको थियो ।

News by डेंगी फैलिने क्रम तीब्र, देशभर संक्रमितको संख्या ४ हजार नाघ्यो :