चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 730 of 1154
  • 2026-11-23
  • 12:39:15
  • सोमबार,मंसिर ०८, २०८३

About Author

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं- संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्नेछ। आजको बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ। अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा ‘संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८०’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

News by राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची :