चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 796 of 1156
  • 2026-11-23
  • 19:46:00
  • सोमबार,मंसिर ०८, २०८३

About Author

सीताविना भारत अपूर्ण, रामविना नेपाल अपूर्णः पर्यटनमन्त्री किराती

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सीता र राम भारत र नेपालको परिपुरक भएको बताएका छन्। उनले सीताविना भारत अपूर्ण हुने र रामविना नेपाल अपूर्ण हुने भन्दै दुबै एकअर्काको परिपुरक रहेको सन्देश दिएका छन्। मन्त्री किराँतीले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज बिहान लुम्बिनीमा आयोजित योग शिविरलाई सम्बोधन गर्दै सीताविना भारत अपूर्ण हुन्छ रामविना नेपाल अपूर्ण हुन्छ भन्ने कुरा हामीले स्थापित गर्नु पर्ने बताएका छन्। '३०० बर्ष अघि देखि दुई देशको व्यापार सम्बन्ध थियो त्यो बेला नेपालबाट निर्यात हुने छाला, ऊन र जडिबुटी प्रख्यात थियो भन्ने कुरा कौटिल्यशास्त्रमा लेखिएको पाइन्छ। उनले भने, 'यो सम्बन्धलाई अझै प्रगाढ बनाउन हामी एक आपसमा सम्बन्धित, सम्मान छौं। हामी राम बेगर अपूर्ण छौँ। भारत सीता बेगर अपूर्ण छ।’

News by सीताविना भारत अपूर्ण, रामविना नेपाल अपूर्णः पर्यटनमन्त्री किराती :