चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1062 of 1108
  • 2026-10-08
  • 10:44:13
  • बिहिबार,आश्विन २२, २०८३

About Author

सनराइज बैंक र वे पेमेन्ट सर्भिसबीच सम्झौता

काठमाडौं– सनराइज बैंकले युनिफाइड पेमेन्ट इन्टरफेस नेपालसँग अन्तरआबद्धता रहेको गेट वे पेमेन्ट सर्भिससँग सम्झौता गरेको छ। सनराइज बैंकको केन्द्रीय कार्यालय गैरीधारामा आयोजित एक समारोहबीच बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा गेट वे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले सम्झौतापत्र आदानप्रदान गरेका हुन्। सुरक्षित र सजिलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार गर्न मिल्ने यूपीआई नेपाल प्रणाली सञ्चालनमा ल्याउन यस सहकार्यले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास गरेको छ। साथै, यो सेवा सुरु भएपश्चात् प्रथम चरणमा भारतमा रहेका नेपालीले यूपीआईमार्फत सनराइज बैंकमा रहेकै बैंक खातामा सोझै रकमान्तर गर्न एवं भारतीय पर्यटकले सनराइज बैंकका मर्चेन्टहरूमा भारतीय बैंककै एपमार्फत क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन्। यो सेवाले भारतबाट प्राप्त हुने विप्रेषण सेवालाई अझ प्रभावकारी बनाउन मदत गर्ने विश्वास बैंकले लिएको छ।

News by सनराइज बैंक र वे पेमेन्ट सर्भिसबीच सम्झौता :