चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1047 of 1110
  • 2026-10-09
  • 14:22:09
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

बाबुराम भट्टराईले गरे यसपालीको प्रतिनिधिसभाको चुनाव नलड्ने घोषणा

काठमाडौँ – नेपाल समाजवादी पार्टी(नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले यसपालीको प्रतिनिधिसभाको चुनाव नलड्ने घोषणा गरेका छन्। नेकपा मा‌ओवादी केन्द्रको चुनाव चिह्न (हसिया हथौँडा)मा गोर्खा–२ बाट चुनाव लड्ने तयारिमा रहेका उनले चुनाव नलड्ने घोषणा गरेका हुन्। उनले सोमबार सामाजिक सञ्जालमार्फत आफू चुनावमा नलड्ने तर जनतामाझ रहेर समाजसेवा गरिरहने बताएका हुन्। साथै उनले ‘चुनाव नलड्नु राजनीति छाड्नु नभएको’ बताउँदै आफू सधै राजनीतिमा रहेको जानकारी गराएका छन्। ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्नरभन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन । ‘उनले भने,’तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनतारसमाजको सेवा गर्ने साधन हो। म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु।’ तर उनी समानुपातिकबाट आउन इक्षुक छन् कि छैनन् भन्ने बारे उनले केही खुलाएका छैनन्। यद्यपि, उनीबाहेक नेसपाका अन्य नेताहरू हसिया हथौँडाबाटै चुनाव लड्नेछन्।

News by बाबुराम भट्टराईले गरे यसपालीको प्रतिनिधिसभाको चुनाव नलड्ने घोषणा :