चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1044 of 1111
  • 2026-10-10
  • 18:48:13
  • शनिबार,आश्विन २४, २०८३

About Author

सिट बाँडफाँटका लागि पाँच दलीय गठबन्धनको बैठक आज पनि जारी

काठमाडौ– नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको असहमतिका बीचमा सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक वालुवाटारमा जारी रहेको छ। आगामी ४ मंसिरका लागि हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी सिट बाँडफाँटका बारेमा अन्तिम प्रयास स्वरुप बैठक जारी राखिएको नेताहरुले बताएका छन्। औपचारिक रुपमा नै जसपा नेपालले सत्तारुढ गठबन्धन भन्दा बाहिर गएर अन्य पार्टीसँग तालमेलको विकल्प खुल्ला गरेर निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ भने नेकपा एसले पनि नेकपा एमालेले जीत हासिल गरेका स्थान भन्दा कम सिट दिएको भन्दै असन्तुष्टी जनाउँदै आएको छ। यी असन्तुष्टीका बीचमा सत्तारुढ गठबन्धनको बैठक वालुवाटारमा बसिरहेको हो।

News by सिट बाँडफाँटका लागि पाँच दलीय गठबन्धनको बैठक आज पनि जारी :