चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1077 of 1105
  • 2026-10-07
  • 12:17:03
  • बुधबार,आश्विन २१, २०८३

About Author

भ्रष्टाचारको रकमबाट आर्जित सम्पत्तिलाई आर्थिक अपराध मान्ने गरी कानुन बन्दै

काठमाडौं– भ्रष्टाचार गरेको रकम लगानी गरेर त्यसबाट आर्जित सम्पत्तिलाई समेत आर्थिक अपराध मान्ने गरी कानुन बन्ने भएको छ। सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा लैजाने तयारी भएको र यसमा सो प्रावधानलाई समेत समेटिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव धनराज ज्ञवालीले जानकारी दिए। बुधबार प्रतिनिधिसभा, अर्थ समितिको बैठकमा बोल्दै सचिव ज्ञवालीले यस्तो जानकारी गराएका हुन्। उनका अनुसार अब भ्रष्टाचार वा आर्थिक अनियमितताको अनुसन्धान गर्ने निकायले सम्पत्ति शुद्धीकरणको विषयसमेत सँगसँगै अनुसन्धान गर्न सक्नेछ। जसका आधारमा भ्रष्टाचारबाट आर्जित सम्पत्तिले थप सम्पत्ति आर्जित गरेको भए, त्यसलाई समेत आर्थिक अपराध मान्ने छ । सम्पत्ति शुद्धीकरण विभागले लामो समयदेखि यस्तो कानुनको माग गर्दै आएको थियो।

News by भ्रष्टाचारको रकमबाट आर्जित सम्पत्तिलाई आर्थिक अपराध मान्ने गरी कानुन बन्दै :