चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1065 of 1106
  • 2026-10-07
  • 13:47:11
  • बुधबार,आश्विन २१, २०८३

About Author

मंसिर ४ गते रुपान्तरणकारी र यथास्थितिवादी शक्तिबीचको लडाइँ हुन्छ : रमेश खरेल

घोराही– स्वतन्त्र राजनीतिक शक्तिका अध्यक्ष रमेश खरेलले आउँदो चुनावमा सामाजिक र राजनीतिक रुपान्तरणकारी शक्ति र यथास्थितिवादी शक्तिबीचको लडाइँ हुन लागेको बताएका छन्। स्वतन्त्र राजनीतिक शक्ति दाङले आइतबार घोराहीमा आयोजना गरेको उम्मेदवारी घोषणा तथा आमसभामा बोल्दै उनले देशमा मानवता अझै जीवित रहेको भन्दै आफू नेतृत्वको पार्टीले मात्रै देशको मुहार फेर्ने दाबी गरे। ‘नेतृत्व सम्हालेकाहरूले देशलाई धुजा(धुजा बनाएका छन् । भ्रष्टाचार, बेथिति, विसंगतिकाविरुद्ध हामी दरिलो आवाज लिएर आएका छौं। अरु पार्टीको भनाइ र गराइमा फरक व्यवहार देखिएको छ । हामी चुनावमा बोलेको कुरा पूरा गरेर छाड्छौं’, खरेलले भने कार्यक्रममा दाङ क्षेत्र नम्बर २ बाट संघीय संसदका लागि गीता रावतले उम्मेदवारी घोषणा गरेकी छन् । यस्तै दाङ क्षेत्र नम्बर २ ९क० बाट बेगम पाण्डेले उम्मेदवारी घोषणा गरेका छन्। नवगठित स्वतन्त्र राजनीतिक शक्ति नेपालमा नेपाल सुशासन पार्टी, सचेत नेपाली पार्टी, नेपाल आमा पार्टी, उन्नत लोकतन्त्र पार्टी आबद्ध छन्।

News by मंसिर ४ गते रुपान्तरणकारी र यथास्थितिवादी शक्तिबीचको लडाइँ हुन्छ : रमेश खरेल :