चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1062 of 1106
  • 2026-10-07
  • 14:11:00
  • बुधबार,आश्विन २१, २०८३

About Author

साफ यू–१७ च्याम्पियनसिप नेपाल फाइनलमा

काठमाडौं– नेपाल श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा आयोजक श्रीलङ्कालाई ६–० गोलले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो। फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल बुधबार हुनेछ। एकपक्षीय खेलमा नेपालले पहिलो हाफमा चार र दोस्रो हाफमा दुई गोल गरेको थियो। नेपालको जितमा कप्तान प्रशान्त लक्षम, हरिषराज भट्ट, सुबास बम, निरज कार्की, उनेश बुढाथोकी र सिजल राईले गोल गरे। प्रतियोगितमा नेपालसहित भारत, भुटान, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेश गरी ६ देशले भाग लिएका थिए। नेपालले भारतलाई ३–१ गोलले हराएर सेमिफाइनलमा स्थान बनाएको हो।  

News by साफ यू–१७ च्याम्पियनसिप नेपाल फाइनलमा :