चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 797 of 1152
  • 2026-11-22
  • 11:39:26
  • आइतबार,मंसिर ०७, २०८३

About Author

बजेट परिमार्जन गर्न सरकारसँग सांसद सुवालको माग

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सांसदहरुले दिएको सुझावको आधारमा बजेट परिमार्जन गर्न सरकारसँग माग गरेका छन्। देश र जनताको हितका लागि सांसदहरुले सुझाव दिने भएकाले सोही अनुसार बजेट परिमार्जन गर्न सरकार र सत्तारुढ दलहरु तयार हुनुपर्ने उनको तर्क थियो। शुक्रबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै सांसद सुवालले संसदमा बजेटबारे हुने छलफलको औचित्य पुष्टि गर्न पनि त्यहाँ सांसदहरुले दिएको सुझाव अनुसार बजेट परिमार्जन गर्नैपर्ने बताए। उनले भने,‘आजको कान्तिपुर दैनिकमा मुख्य समाचार शिर्षकमा समाचार प्रकाशित भयो-बजेटमा कमा र फुलिष्टप पनि संशोधन हुँदैन। फगत कर्मकाण्ड पूरा गर्न महिनाभर चल्छ संसदभित्र बहस। यस्तो संसदलाई चारैतिरबाट आलोचना भईरहेको छ। हामी सचेत हुन जरुरी छ। देश र जनताको हितका लागि सांसदहरुले छलफलमा राख्नु भएको सुझाव अनुसार बजेट परिमार्जन गर्न सत्तापक्ष तयार हुनुपर्छ। प्रधानमन्त्री तयार हुनुपर्छ। अर्थमन्त्री तयार हुनुपर्छ। र, सम्बन्धित मन्त्रालयका मन्त्रीहरु तयार हुन जरुरी छ। बहसको औचित्य पुष्टि गर्न तयार हुन जरुरी छ।’ सांसद सुवालले बजेटमा कमा र फुलिष्टव पनि परिवर्तन हुन्न भन्ने मान्यतालाई गलत सावित गर्न पनि सरकारले त्यसलाई परिमार्जन गरेर अघि बढाउनु पर्ने बताउनु आवश्यक्ता औंलाए।

News by बजेट परिमार्जन गर्न सरकारसँग सांसद सुवालको माग :