चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 359 of 1152
  • 2026-11-22
  • 10:17:41
  • आइतबार,मंसिर ०७, २०८३

About Author

नौ करोड दुई लाखमा फलेवास नगरपालिकाको भवन निर्माण

पर्वत– सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटसहित रु नौ करोड २ लाखमा फलेवास नगरपालिकाको ४२ कोठे भवन निर्माण भएको छ। नगरपालिकाका इन्जिनियर प्रवीण गौतमका अनुसार फलेवास–५ झकलकमा स्थानीयले निःशुल्क उपलब्ध गराएको ६० रोपनी आठ आना जग्गामा चारतले भवन निर्माण भएको हो। रङरोगन, झ्याल–ढोका जडान र साजसज्जाको काम सकेर विद्युत् ‘वाइरिङ’ जारी रहेको नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिँदै यथाशीघ्र नयाँ भवनबाट सेवा प्रवाह गर्ने तयारी भएको बताए।

News by नौ करोड दुई लाखमा फलेवास नगरपालिकाको भवन निर्माण :