चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 727 of 1152
  • 2026-11-22
  • 09:27:03
  • आइतबार,मंसिर ०७, २०८३

About Author

एमालेको अवरोध पछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं -  क्वीन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा एमालेले राष्ट्रियसभा बैठक अवरोध गरेको छ। बैठक सुरू हुनेवित्तिकै एमाले सांसद भैरव सुन्दर श्रेष्ठले उच्चस्तरीय छानबिन समिति नबनाएसम्म बैठक अगाडि बढ्न नदिने चेतावनी दिए। उनले सुन तस्करी प्रकरणमा एमाले टु्लुटुलु हेरेर बस्न नसक्ने बताए। एमाले सांसदहरूले अवरोध जारी राखेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यस विषयमा सरकारको ध्यानाकर्षण गराउने भन्दै बैठक संचालनमा सहयोग गर्न आग्रह समेत गरे। पटक पटक आग्रह गर्दा पनि एमाले सांसदहरूले आफ्नो अडान नछोडेपछि अध्यक्ष तिमिल्सिनाले बैठक साउन २२ गते सोमबार सम्मका लागि स्थगित गरेको जानकारी दिए।

News by एमालेको अवरोध पछि राष्ट्रियसभा बैठक स्थगित :