चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 419 of 1152
  • 2026-11-22
  • 09:36:17
  • आइतबार,मंसिर ०७, २०८३

About Author

शेख हसिना सत्ताच्यूत भएपछि पहिलो पटक बंगलादेशमा मतदान सुरु,अवामी लिगमाथिको प्रतिबन्ध

काठमाडौं– बंगलादेशमा निर्वाचन हुँदैछ। पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताच्यूत भएपछि पहिलो पटक नयाँ सरकार गठनका लागि सुरू भएको मतदान अपराह्न साढे ४ बजेसम्म जारी रहने छ। १२ करोडभन्दा बढी बंगलादेशी नागरिक मतदानमा भाग लिँदै छन् । सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताबाट हटाएका थियो । हसिना देश छोडेर भागेपछि बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। आन्दोलनका क्रममा झण्डै १४ सय प्रदर्शनकारीहरूको मृत्यु भएको थियो। गत नोभेम्बरमा बंगलादेशको एक अदालतले मानवताविरूद्धको अपराध मामिलामा पूर्वप्रधनमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो। उनको पार्टी अवामी लिगमाथि निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको छ। निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी र इस्लामी दल जमात–ए–इस्लामीबीच प्रतिष्पर्धा छ। जमात–ए–इस्लामीले विद्यार्थी आन्दोलनबाट उदाएको एक पार्टीसँग गठबन्धन गरेकोछ।

News by शेख हसिना सत्ताच्यूत भएपछि पहिलो पटक बंगलादेशमा मतदान सुरु,अवामी लिगमाथिको प्रतिबन्ध :