चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1100 of 1103
  • 2026-10-06
  • 12:58:18
  • मंगलबार,आश्विन २०, २०८३

About Author

ऋण लिने २० लाख रुपैयाँसम्मका परियोजनाले अनिवार्य बीमा गर्नुपर्ने, राष्ट्र बैंकले जारी गर्यो निर्देशिका

कर्जा खबर। नेपाल राष्ट्र बैंकले आज जारी गरेको मौद्रिक नीतिमा महिला उद्यमीले सञ्चालन गरेको लघु उद्यम व्यवसाय तथा किसानलाई परियोजना धितोमा २० लाख रुपैयाँसम्म ऋण प्रवाह गर्ने व्यवस्था गरेको छ । साथै २० लाख रुपैयाँकै बीमा अनिवार्य समेत गरिएको छ । यसले बीमाको व्यवसाय वृद्धि हुने भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकाको २४ नं बुँदामा परियोजनाको अनिवार्य रुपमा बीमा गर्ने उल्लेख गरिएको छ । उल्लेखित बुँदामा यस अघि नभएकोमा उप बुँदा प र फ थप गरी सो व्यवस्था गरिएको हो । केन्द्रीय बैंकको निर्देशनले नेपालको बीमा व्यवसाय थप फराकिलो हुन पुगेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमा बीमालाई जोडेपछि बीमाको व्यवसाय बृद्धि भई थप फराकिलो हुने बीमाकर्मीहरुले जनाएका छन् ।  

News by ऋण लिने २० लाख रुपैयाँसम्मका परियोजनाले अनिवार्य बीमा गर्नुपर्ने, राष्ट्र बैंकले जारी गर्यो निर्देशिका :