चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1091 of 1104
  • 2026-10-06
  • 17:59:26
  • मंगलबार,आश्विन २०, २०८३

About Author

एमाले कसैको बुई चढेर चुनाव लड्दैन : प्रदीप ज्ञवाली

काठमाडौं– एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन एक्लै लड्ने बताएका छन्। सोमबार प्रेस चौतारी रुकुम पूर्वले रुकुमकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमाले आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने बताएका हुन्। यद्यपि, मुद्दा मिल्नेसँग चुनावी एकताका लागि ढोका बन्द भने नगरेको उनको भनाइ छ। स्थानीय आवश्यकताका आधारमा मुद्दा मिल्नेहरूसँग एकता हुन सक्ने उनले बताए। ‘एमालेले आफ्नै शक्तिमा लडेर चुनाव जित्छ, चुनावपछि सत्ताको जिम्मेवारी एमालेले सम्हाल्छ। त्यो पनि जनादेशको हो, परमादेशबाट होइन,’ उनले भने। चुनाव घोषणा भएपछि सरकार काम चलाउ भइसकेको भन्दै उनले यो सरकारले दीर्घकालीन असर गर्ने र मतदातालाई प्रभावित पार्ने कार्यक्रम ल्याउन नमिल्ने बताए। प्रदेश संख्या बढाएर १४ पुर्‍याउनुपर्छ भन्नेदेखि संघीयता खारेजीको पक्षमा रहेकाहरूसमेत गठबन्धनमा रहेको भन्दै उपमहासचिव ज्ञवालीले यो गठबन्धनले देशको हित नगर्ने दाबी गरे। फरक प्रसंगमा उनले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको कदमको स्वागत गरे। विधेयकमा भएका राम्रा कुरामा एमालेको समर्थन भए पनि अन्य विषयमा थप छलफल गरेर त्रुटि सच्याउनुपर्ने उनको भनाइ थियो।

News by एमाले कसैको बुई चढेर चुनाव लड्दैन : प्रदीप ज्ञवाली :