चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1094 of 1104
  • 2026-10-07
  • 02:09:16
  • मंगलबार,आश्विन २०, २०८३

About Author

सरकारी उद्योग, कलकारखाना बन्द गराउनेको हिसाबकिताब खाता खोलेरै हुनेछ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालमा सञ्चालित उद्योगधन्दा, कलकारखाना बन्द गराउने दलगत संयन्त्रको हिसाबकिताब अब बन्द रहेको खाता खोलेरै हुने बताएका छन्। शुक्रबार बागमती प्रदेश हेटौँडामा आयोजित प्रदेश भेलाको सम्बोधन गर्दै पार्टी सभापति लामिछानेले उक्त कुरा बताएका हुन्। उनले भने, ुजब सिमेन्टको माग बढ्छ, जनताको लगानीले चलेको हेटौँडा सिमेन्ट कारखानाको मेसिनको नट बिग्रिन्छन् र निजी लगानीकर्ताले सिमेन्ट बेचेरै बोनस बाँड्छ, सुन्दा सामान्य लाग्छ तर रहस्य छ, अब सबै हिसाब हुनेछ। उनले धनाढ्यको छोराछोरीले मात्र गुणस्तरीय शिक्षा लिने सर्वसाधारणका छोराछोरीले पढ्ने सामुदायिक विद्यालय कहिले गुणस्तरीय बन्ने? खल्ती हेरेर स्वास्थ्य सेवा दिने कि सेवा दिएर खल्ती हेर्ने? भन्दै प्रश्न गरे। उनले यस्तै समस्या समाधान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी जन्मिएको उनले बताए। ुधनाढ्यको छोराछोरीले मात्र गुणस्तरीय शिक्षा लिने सर्वसाधारणका छोराछोरीले पढ्ने सामुदायिक विद्यालय कहिले गुणस्तरीय बन्ने? खल्ती हेरेर स्वास्थ्य सेवा दिने कि सेवा दिएर खल्ती हेर्ने? राजनीतिक दलको चाकडी नगरेसम्म कुनै पेशामा क्षमताले स्थान स्थितिको अन्त्य कसले गर्ने यस्तै समस्या समाधानको विकल्पमा रास्वपा जन्मिएको हो उनले भने। सामुदायिक विद्यालयको गुणस्तर निजी समान बनाइने बताउँदै सबैका छोराछोरी एउटै विद्यालय पढ्ने वातावरण आफ्नो पार्टीले सिर्जना गर्ने उनको भनाइ छ। साथै देशको संघीय अभ्यासमा राष्ट्रपति, उपराष्ट्रपतिको भूमिका के? भन्दै प्रश्न गरे। प्रदेश संरचनालाई चुस्त दुरुस्त बनाउन नसक्दा बेथिति बढिरहेको उनको भनाइ छ। देशमा देखिएका तमाम समस्या समाधानको सूत्रसहित रास्वपा अगाडि आउने उनले दृढता व्यक्त गरे।

News by सरकारी उद्योग, कलकारखाना बन्द गराउनेको हिसाबकिताब खाता खोलेरै हुनेछ : रवि लामिछाने :