चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1093 of 1097
  • 2026-10-02
  • 02:40:12
  • बिहिबार,आश्विन १५, २०८३

About Author

कोभिडबाट प्रभावित २५ लाखसम्मको ऋणमा प्रोभिजनिङ नगरे पनि हुने

कर्जा खबर। नेपाल राष्ट्र बैंकले ऋणको नोक्शानी ब्यवस्थापन (प्रोभिजनिङ) मा पनि छुट दिएको छ। मंगलबार एक निर्देशन जारी गर्दै राष्ट्र बैंकले २५ लाख रुपैयाँसम्मको ऋणमा प्रोभिजनिङ गर्न नपर्ने ब्यवस्था गरेको छ। तर यसमा केही सर्त छन्। प्राविधिक तथा ब्यवसायिक तालिम प्रदान गर्ने संस्थाहरुले लगेको ऋण बिग्रिएमा प्रोभिजनिङ नगरे पनि हुन्छ। यसअघि यसको सीमा १५ लाख रुपैयाँ थियो। कोभिड-१९ बाट प्रभावित विभिन्न पेशामा संलग्न ब्यवसायीलाई प्रदान गर्ने कर्जामा पनि प्रोभिजनिङ नगरे हुन्छ। सार्वजनिक यातायात ब्यवसायीलाई सवारी साधन सञ्चालन तथा मर्मतकालागि प्रति साधन २ लाख रुपैयाँ ऋणको ब्यवस्था गरिएको छ। यस्तो कर्जामा डेब्ट इक्विटी रेसियो र एकल ग्राहक कर्जा सीमा २०७९ असारसम्म कायम नगरे पनि हुन्छ। सहवित्तीयकरण ऋणको लागत घटाइएको छ। एक अर्बदेखि माथिका ऋण दुईभन्दा बढि संस्था मिलेर दिनु पर्ने ब्यवस्थालाई हटाएर २ अर्ब निर्धारण गरिएको छ। यसले लागत घट्छ भने छरितो पनि हुन्छ।

News by कोभिडबाट प्रभावित २५ लाखसम्मको ऋणमा प्रोभिजनिङ नगरे पनि हुने :