चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1094 of 1100
  • 2026-10-04
  • 19:54:25
  • आइतबार,आश्विन १८, २०८३

About Author

निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न सांसद दिलकुमारी थापाको माग

काठमाडौं– नेकपा (एमाले) की सांसद दिलकुमारी रावल थापाले निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न माग गरेकी छिन्। सोमवार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा सांसद थापाले वर्तमान निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताइन्। उनले गणतन्त्र र संघीयतालाई बलियो बनाउनका लागि निर्वाचन प्रणालीको सुधार गर्नुपर्नेमा जोड दिइन्। उनले निर्वाचन प्रणाली महँगो भएको भन्दै स्वच्छ, निष्पक्ष र सरल ढंगले निर्वाचन सम्पन्न हुनेगरी निर्वाचनसम्बन्धी कानुनलाई संशोधन गर्नुपर्ने बताइन्। सांसद थापाले संसद् जारी रहेको उल्लेख गर्दै चालु संसद्बाटै फास्टट्रयाकमा कानुन संशोधन गर्न सरकार र राजनीतिक दलहरुको ध्यानाकर्षण गराइन्। उनले भनिन्, ‘म सरकारलाई भन्न चाहन्छु निर्वाचनको मिति घोषणा भइसकेको छ। संघीय संसद् चालु रहेको अवस्था छ। अरु विषयमा फास्टट्रयाकबाट थुप्रै विधेयकहरु पास गरिरहेका छौँ। यो विषय निर्वाचनसम्बन्धी कानुन हामीले परिवर्तन गर्नु जरुरी छ। संशोधन गर्न जरुरी छ। म सरकारलाई यो विषयमा संवेदनशील हुनलाई संसद् जारी रहेको अवस्थामा फास्टट्रयाकबाट निर्वाचन कानुन संशोधन गरेर स्वच्छ, निष्पक्ष, सस्तो, सरल ढंगबाट निर्वाचनलाई सम्पन्न गर्नेतिर सरकार संवेदनशील बन्न, दल संवेदनशील बन्नको लागि पनि म आग्रह गर्न चाहन्छु। उनले निर्वाचनमा विद्युतीय मतदान प्रणाली लागू गर्न निर्वाचन आयोगलाई आग्रह गरिन्। भयरहित रुपमा निर्वाचन सम्पन्न गराउने गरी प्रबन्ध मिलाउन उनले आयोगको ध्यानाकर्षण गराइन्। सांसद थापाले भारतमा इन्धनको मूल्य घटेको भन्दै नेपालमा पनि इन्धनको मूल्य घटाउन सरकार समक्ष माग गरिन्।

News by निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न सांसद दिलकुमारी थापाको माग :