चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1093 of 1099
  • 2026-10-04
  • 10:07:13
  • आइतबार,आश्विन १८, २०८३

About Author

देशको ढुकुटीमा हामी कहिल्यै र्‍याल चुहाउने छैनौं, यो मेरो वाचा भयो :रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूहरुले कहिल्यै देशको ढुकुटीमा र्‍याल नचुहाउने प्रतिवद्धता व्यक्त गरेका छन्। पार्टीको काभ्रे जिल्ला भेलालाई सोमबार सम्बोधन गर्दै लामिछानेले अहिले चुनाव घोषणा भएपछि पनि सांसदहरुले सेवा सुविधा लिइरहेको तर्फ संकेत गर्दै यस्तो बताएका हुन्। ‘अहिले चुनाव घोषणा भएपछि सरकार काम चलाउ भइसकेको छ। अबको बाँकी तीन महिना तलब भत्ता नखाए हुन्थ्यो। तर अझै छोडेका छैनन्।’ उनले भने, ‘देशभरका ८२५ सांसदहरुको तलब र दशैंको भत्ता सुविधा खाने पैसा हामीलाई अहिले प्राप्त हुने हो भने यो देशमा कयौं बर्थिङ्ग सेन्टर र दुर्गममा अस्पताल बनाउन सक्छौं। त्यो ३०–४० करोड भन्दा बढी पैसा निर्वाचन घोषणा भएपछि किन खान खोजिँदैछरु देशको ढुकुटीमा यसरी हामी कहिल्यै र्‍याल चुहाउँदैनौँ, यो मेरो वाचा भयो। उनले राजनीतिक दलका शीर्ष नेतालाई चुनावको धपेडी छाडेर आराम गर्न आग्रह गरे। ‘राजनीतिमा पनि रिटायर्ड भन्ने कुरा हुन्छ। शेरबहादुरजी प्रधानमन्त्री हुँदा सरकारी जागिर खाएको कर्मचारी रिटायर्ड भइसक्यो तर अहिले पनि देशको प्रधानमन्त्री शेरबहादुरजी नै हुनुहुन्छ। उनले भने, ‘राजनीतिलाई आर्यघाटसम्मै लिएर जाने प्रवृत्तिको अब अन्त्य हुनुपर्छ। उनले दलका शीर्ष नेताहरुसँग अरु काम गरेर खाने सीप नभएका कारण राजनीतिबाट बाहिरिन नचाहेको तर्क गरे। ‘अहिले राजनीतिक दलका शीर्ष नेताहरु राजनीतिबाट विदा भए के गरेर खान्छन् होला के जानेका छन् केही पनि छैन।, उनले भने, ‘सायद त्यहि भएर होला यो अन्तिम समयसम्म लाभ लिनका लागि झुण्डिरहेका छन्। उनले युवाहरुलाई सहजै नेतृत्व सुम्पिए देशका २५ प्रमुख नेताहरुको स(सम्मान सालिक बनाउने पनि लामिछानेले बताए।    

News by देशको ढुकुटीमा हामी कहिल्यै र्‍याल चुहाउने छैनौं, यो मेरो वाचा भयो :रवि लामिछाने :