चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 782 of 1156
  • 2026-11-24
  • 00:56:40
  • सोमबार,मंसिर ०८, २०८३

About Author

यी नदीमा आज बाढी आउन सक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौं- आज सात जिल्ला र आसपास भएर बहने नदीहरूमा जल सतह बढ्न सक्ने आकलन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको छ। आज ईलाम, झापा, पाँचथर, संखुवासभा, मकवानपुर, बारा, पर्सा र आसपास भई बहने केही स(साना नदीहरुमा वहाब उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम छ। आज बिहानको मापनअनुसार कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा रहेको महाशाखाले जानकारी दिएको छ। यी नदीहरूमा जल सतह सतर्कता तहभन्दा तलै रहे पनि जल सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

News by यी नदीमा आज बाढी आउन सक्ने, सतर्कता अपनाउन अनुरोध :