काठमाडौं– नेकपा एमालेले आगामी आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।
राजधानीको एक होटलमा आयोजित कार्यक्रमकाबीच पार्टीले घोषणापत्र सार्वजनिक गरेको हो। एमालेले भर्चुअल माध्यमबाट घोषणापत्र सार्वजनिक गरेको हो।
घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली लगायतका शीष नेताहरू पनि सहभागी छन्।
एमालेले आफ्नो घोषणापत्रमा विभिन्न युवाका योजनादेखि सञ्चार क्षेत्रको समृद्धिसम्मका विभिन्न योजना समेटेको छ।