महावीर पुनले रिसाएर मन्त्री पद छाडेका हुन् : प्रधानमन्त्री कार्की - Chaitanya News
  • 2026-04-29
  • 06:01:27
  • बुधबार,बैशाख १६, २०८३
  • महावीर पुनले रिसाएर मन्त्री पद छाडेका हुन् : प्रधानमन्त्री कार्की

    महावीर पुनले रिसाएर मन्त्री पद छाडेका हुन् : प्रधानमन्त्री कार्की

    काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो क्याबिनेटबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन रिसाएर हिंडेको जानकारी गराएकी छिन् ।

    सोमबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले पुनले केही कानुन बनाउन भनेको र ती कानुन बनाउने कुरामा सहयोग गर्न नसक्दा पुन रिसाएर हिंडेको बताइन्।

    जहाँसम्म पुनजी (महाविर पुन)दको कुरा छ, उहाँ त रिसाएरै जानुभएको हो। दुई चार कानुन बनाउन भन्नुभएको थियो। ती कानुन राम्रै थियो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘तर हामीले छाटो समयमा कानुन बनाएर सहयोग गर्न सकेनौं। अनेक परिस्थिति हुन्छ। सबै कुरा हुँदैन।’

    यस्ता विषयलाई व्यक्तिको अधिकारको रुपमा लिन पनि प्रधानमन्त्री कार्कीले आग्रह गरिन्। पुन शिक्षामन्त्रीबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।