आजको मौसम: पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना - Chaitanya News
  • 2026-04-29
  • 07:26:47
  • बुधबार,बैशाख १६, २०८३
  • आजको मौसम: पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको मौसम: पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।

    यस्तै, हाल तराई भू–भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ महाशाखाले जानकारी दिएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधरणतया बादल लागेको र एक–दुई स्थानमा हल्का हिमपात र वर्षा भइरहेको छ साथै कोशी र मधेश प्रदेशमा आंशिक बादल लागेको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

    यसैगरी, आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु–कुहिरो रहनेछ। देशका हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ। देशका हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ।

    यस्तै, आज राती तराई भू(भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। देशका हिमाली भू(भागमा साधरणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपात–वर्षाको सम्भावना रहेको छ।