समावेशी, गुणस्तरीय र व्यवहारिक शिक्षाले नै दीर्घकालीन भविष्य निर्धारण गर्नेछ : मन्त्री थापा - Chaitanya News
  • 2026-05-03
  • 02:13:07
  • शनिबार,बैशाख १९, २०८३
  • समावेशी, गुणस्तरीय र व्यवहारिक शिक्षाले नै दीर्घकालीन भविष्य निर्धारण गर्नेछ : मन्त्री थापा

    समावेशी, गुणस्तरीय र व्यवहारिक शिक्षाले नै दीर्घकालीन भविष्य निर्धारण गर्नेछ : मन्त्री थापा

    काठमाडौँ– गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले समावेशी, गुणस्तरीय र व्यवहारिक शिक्षाले नै प्रदेशको दीर्घकालीन भविष्य निर्धारण गर्ने बताएका छन्।

    आज (बिहिवार) शिक्षा विकास महाशाखाको आयोजनामा सम्पन्न प्रदेशस्तरीय शिक्षक तथा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रममा बोल्दै उनले शिक्षा क्षेत्रलाई सामाजिक रूपान्तरण र दिगो विकासको प्रमुख आधारका रूपमा अघि बढाइँदै आएको स्पष्ट पारेका छन्।

    यस्तै, मन्त्री थापाले शिक्षा समृद्ध समाज निर्माणको मूल आधार भएको उल्लेख गरे। उनका अनुसार प्रदेश सरकारले शिक्षालाई प्राथमिकतामा राख्दै दीर्घकालीन सोचसहित नीति, कार्यक्रम र बजेटमार्फत सुधारका पहलहरू निरन्तर गरिरहेको छ।

    शिक्षक र विद्यार्थीको प्रतिभा पहिचान, क्षमता अभिवृद्धि र उचित प्रोत्साहन बिना शिक्षा क्षेत्रमा अपेक्षित रूपान्तरण सम्भव नहुने उनको भनाइ छ। उनले शिक्षाको माध्यमबाट प्रदेश र राष्ट्रको उज्यालो भविष्य निर्माण गर्ने प्रदेश सरकारको प्रतिबद्धता अझ सुदृढ हुँदै गएको बताए।

    मन्त्री थापाले शैक्षिक सुधारका लागि शिक्षक, विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रमा क्रियाशील सबै सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको धारणा राखेका छन्।