काठमाडौँ– आज (बिहीवार) राष्ट्रिय सभाअन्तर्गतका दुई वटा संसदीय समितिको बैठक बस्ने तय भ्रएको छ।
जसअनुसार, बिहान सवा १० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा नालापानी युद्धमा सुवेदार दयाराम खड्काको योगदान सम्बन्धमा छलफल गर्ने कार्यसूची तय भएको छ । बैठक सिंहदरवारमा बस्नेछ
यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ। बैठकमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ को बारेमा छलफल हुने कार्यसूची रहेको छ। बैठक सिंहदरबारमा बस्ने तयारी भइरहेको छ।