काठमाडौँ– आज (मंगलबार) दिउँसो सवा १ बजे सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्ने भएका छन् । बैठक सिंहदरबारमा बस्ने तय भएको छ।
आज बस्ने बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची तय भएको छ।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ।