सात जना शाखा अधिकृत उपसचिव पदमा बढुवा सिफारिस (सूचनासहित) - Chaitanya News
  • 2026-05-03
  • 04:20:31
  • शनिबार,बैशाख १९, २०८३
  • सात जना शाखा अधिकृत उपसचिव पदमा बढुवा सिफारिस (सूचनासहित)

    सात जना शाखा अधिकृत उपसचिव पदमा बढुवा सिफारिस (सूचनासहित)

    काठमाडौँ– सात जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको छ। बढुवा समितिको सचिवालयले सात जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको हो ।

    आज (मंगलबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गरी रिक्त रहेका उपसचिव पदमा कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरिएको जानकारी दिएको छ।

    बढुवा समितिको सोमवारको निर्णयअनुसार नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत सात जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको हो।