नोबेल साकोस साहित्य संस्थाले गर्‍यो वरिष्ठ साहित्यकार डा.पुडासैनी सम्मान - Chaitanya News
  • 2026-07-19
  • 07:17:25
  • आइतबार,साउन ०३, २०८३
  • नोबेल साकोस साहित्य संस्थाले गर्‍यो वरिष्ठ साहित्यकार डा.पुडासैनी सम्मान

    नोबेल साकोस साहित्य संस्थाले गर्‍यो वरिष्ठ साहित्यकार डा.पुडासैनी सम्मान

    काठमाडौँ– नोबेल साकोस साहित्य संस्थाले वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी (किशोर) लाई सम्मान गरेको छ। शनिबार आफ्नो ८८ औँ कार्यक्रम श्रृंखलामा संस्थाले उनलाई सम्मान गरेको हो।

    नोबेल साकोस सहित्य संस्थाको स्थापनामा महत्वपूर्ण भुमिका खेल्नुका साथै नेपाली साहित्यमा पुर्‍याएको योगदानको कदर गर्दै पुडासैनीलाई सम्मानित गरिएको हो।

    रत्न पुस्तकालय बानेश्वरमा आयोजित कार्यक्रममा करिब ३ दर्जन स्रष्टाहरुले रचना बाचन गरेका थिए।